कोरोना संक्रमित बाँकेका वडाध्यक्ष भन्छन्, ‘समाजले हेर्ने दृष्टिकोण फेरिदो रहेछ’



देशभर कोरोना संक्रमण देखा परेका जिल्ला मध्ये बाँके शिर्ष स्थानमा छ । यहाँका आठ स्थानीय तहमध्ये ६ वटा पालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँका कोरोना विरुद्धको फ्रन्टलाइनमा काम गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार र जनप्रतिनिधिमा समेत कोरोना संक्रमण देखिएको छ । यी मध्ये यहाँको राप्तीसोनारी गाउँपालिकाका एक जना वडा अध्यक्षमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी जेष्ठको पहिलो सातादेखि भारतबाट आउने गाउँपालिकाका नागरिकको उद्धारमा प्रत्यक्ष रुपमा संलग्न भएका थिए । केही दिन अघि कोरोना पुष्टि भएको हो । अहिले गाउँपालिकाको आइसोलेसनमा रहेका ती वडा अध्यक्षले मिसन टुडे दैनिकका शुभाकर विश्वकर्मालाई कोरोना संक्रमणपछि र आइसोलेसन बसाईबारे आफ्नो अनुभव यसरी सुनाए ।

जनताको प्रतिनिधि हुँ । दैनिक उनीहरुको सेवामा खटिरहेको थिए । एक्कासी रिपोर्ट पोजेटिभ आयो । स्वाभाविक रुपमा संक्रमण देखिएपछि आइसोलेसनमा बस्न परी हाल्यो । म जेष्ठ ७ गते देखि भारतबाट आउने नागरिकको उद्धारको लागि आफै प्रत्यक्ष रुपमा खटिएको अवस्था थियो । मैले उद्धार गरेका केही व्यक्तिमा कोरोना देखियो । मेरो पनि स्वाब परीक्षण भयो । परीक्षणपछि पनि निरन्तर खटिरहे । १४ गते मेरोे रिपोर्ट आयो, कोरोना पोजेटिभ । मैले नागरिकको उद्धार गर्दा होस या अघि नै किन नहोस मैले सुरक्षा अपनाएको थिए । मलाई कसरी संक्रमण भयो सोचिरहेको छु । मलाई कोरोनाको कुनै पनि लक्षण छैन । पहिले पनि थिएन अहिले पनि छैन । आइसोलेसनमा बसिरहेको छु । मलाई अहिले चाही के लागिरहेको छ भने उच्च सावधानी अपनाउनु पर्दो रहेछ । म आफैले उच्च सावधानी अपनाउदाँ समेत संक्रमित भए । आँखाबाट समेत सर्ने सम्भावना प्रवल हुन्छ की भन्ने लागेको छ ।

मैले सबै सुरक्षा अपनाउँदा पनि चस्मा भने लगाएको थिइन् । गाउँका मानिसहरु सीमा अलपत्र थिए, भोकै बस्नु पर्ने अवस्था आयो । आफै गाडी लिएर गएर ल्याएको हो । राहतको काममा समेत लागियो । विउ विजन वितरणको लागि पनि अलि बढि नै खटिएको थिए । आफ्नो जिम्मेवारीमा निरन्तर खट्दा नियम पालना गर्ने अवस्था आयो एक हिसाबले भन्नु पर्दा जनताको काम गर्न पाइएको छैन । खिन्न महशुस भएको छ । जहाँ जहाँ काम पर्छ हिडियो । एक्कासी त्यस्तो आयो । अहिले चाही तपाईहरुलाई पत्रकार, साथी, भाई आफन्त लगायतले फोन गर्नुहुन्छ । मलाई कुनै लक्षण नै नदेखिएर संक्रमण भएको हुनाले सुरक्षित नै महशुस गरिरहेको छु । तर बाहिर सुन्ने मान्छेलाई पीडा भएको छ । अर्को कुरा चाही मान्छेहरुको हेर्ने नजर फरक हुँदो रहेछ । संक्रमित भयो भने अब सबै सकियो भनेको जस्तो केहीले व्यवहार गरेको देख्न हुँदो रहेछ भन्ने बुझे ।

यसमा म के भन्न चाहन्छु भने केही हुदैन संक्रमित हुँदैमा आत्म विश्वास नै सबै भन्दा ठूलो कुरा हो । अनि मानिसमा चेतना बढाउनुपर्छ यस विषयमा । फलानालाई यसो भयो । उसलाई कोरोना भएको भन्ने मानिसहरुले कुरा काट्दा रैछन् । परिवार र आफन्तलाई समेत केही हदमा असर गरिरहेको छ । तर मैले सम्झाइरहेको छु । केही हँुदैन भनेर । शारिरीक रुपमा कमजोर, दीर्घ रोगीहरुलाई चाही विशेष सावधानी अपनाउन आग्रह गर्न चाहान्छु । आत्तिनु पर्ने अवस्था छैन । समाजले हेर्ने दृष्टिकोण बदल्नैपर्छ । भयावह अवस्था भयो भनेर अपवाह नफैलाइदिन आग्रह गर्दछु । बसाइ व्यवस्था राम्रो छ । म सँगै अन्य पाँच जना संक्रमित छन् । सबै जनाको अवस्था गम्भीर नरहेकोले ठिकै छ । यसमा म के थप्छु भने यो आइसोलेसन भन्दा पनि ‘केयर सेन्टर’को रुपमा रहेको हाम्रो लागि । किन भने हामी अरुको बेलाको भन्दा सुरक्षित अवस्थामा छौं । मैले औषधि सेवन गर्ने भन्छन्, फोन गर्नु पर्नेहरुले । बसाई, खानपिन, व्यवस्था राम्रो छ । सुरक्षित छौं । कोरोनालाई आत्मबलले जितिनेमा विश्वस्त हु । अपवाह नफैलाईओस ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १७ गते शनिबार