दाङमा ट्रक एक आपसमा ठोक्किदा २ जना गम्भीर



दाङ, १४ जेठ / दाङमा ट्रक एक आपसमा ठोक्किदा २ जना गम्भीर घाईते भएका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ८ असानीमा बिपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दिँदा पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको ना ६ ख ६२८७ नम्बरका चालक र सहचालक गम्भीर घाईते भएका हुन् ।

मायादेबी गाउँपालिका रुपन्देही निवासी बर्ष ३५ का राजेश धोबीको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ भने सहचालक सोही ठाउँ निवासी बर्ष २५ का सन्तोष लोडको भित्रि चोट रहेको प्रहरीले जनाएको छ ।

उनी दुबैजनाको लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बुटवल रेफर गरिएको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिम बहादुर घर्ती मगरले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १४ गते बुधबार