बाँकेमा एक वडाअध्यक्षलाई कोरोना पुष्टि



बाँकेमा एक वडा अध्यक्षलाई कोरोना पुष्टि भएको छ ।

बुधबार साँझ थपिएका १६ जनामध्येमा वडाअध्यक्ष समेत रहेको स्रोतले जानकारी दिएको छ । ४० वर्षिय संक्रमित वडाअध्यक्ष भारतबाट आएका मानिसहरुको उद्दारदेखि व्यवस्थापनमा खटिएका थिए ।

उनी लकडाउनको कारण समस्यामा परेका नागरिकहरुलाई राहात बाँड्न समेत आफै खटिएका हुन् ।

उनी पत्रकारदेखि सुरक्षाकर्मीहरुसँग समेत घुलमिल रहेको स्रोतले जनाएको छ ।

बाँकेका जनप्रतिनिधीलाई पहिलोपटक कोरोना देखिएको हो । अहिले स्वास्थ्य कार्यालय बाँकेले संक्रमित वडाध्यक्षसहित अन्य संक्रमितहरुलाई साइसोलेसनमा ल्याउने तयारी गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १४ गते बुधबार