कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको महिला लघुवित्त वित्तिय संस्थाले आफ्ना ३० जना सदस्यहरुलाई राहत वितरण गरेको छ ।
मंगलबार कोहलपुर नगरपालिका वडा नं. ११ कर्ण बहादुर थापाको रोहोवरमा आफ्ना सदस्यहरुलाई महिला लघु वित्तिय संस्थाले आफ्ना सदस्यहरुलाई राहत वितरण गरेको हो ।
महिला लघु वित्तिय संस्था कार्यालय प्रमुख भिम शंकर न्यौपानेले लकडाउनका कारणले साँझ बिहान छाक छार्न धौधौ परेका सदस्यहरुलाई राहत वितरण गरेको बताए । उनका अनुसार प्रतिजनालाई १० केजी चामल, १ केजी नुन, १ लि तेल वितरण गरेको हौं । लघु वित्तिय संस्थाको केन्द्रिय कार्यालयबाट १३ हजार रुपैया आएको थियो ।


प्रकाशित मिति : २०७७ जेठ १३ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्