सांसद नमुनाको अगुवाईमा नरैनापुरमा पुनः विद्युतिकरणको काम सुरु



नेपालगञ्ज ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै जाँदा बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा आईसोलेशन अस्पताल र गुणस्तरीय क्वारेन्टाईन निर्माणको लागि द्रुत गतिमा विद्युतीकरणको काम अगाडि बढेको छ ।

लकडाउनका कारण रोकिएको विद्युतीकरणको काम सो क्षेत्रबाट निर्वाचित प्रदेश सभा सांसद कृष्णा केसी (नमुना)को पहलमा लकडाउनकै बीचमा नरैनापुरमा बिद्युतिकरणको काम पुनः सुरु भएको हो।

सांसद नमुनाले राप्तीपारीको नरैनापुर क्षेत्रमा विद्युतीकरणको लागि पहल गर्नको लागि गत जेष्ठ ७ गते ५ नम्बर प्रदेश डिभिजन बिद्युत प्राधिकरण नेपालगञ्जमा डिभिजन प्रमुख मुनेन्द्र ठाकुरसँग छलफल गर्नुभएको थियो ।

छलफल पश्चात क्षेत्रीय कार्यालयले सो कार्यको लागि फिल्डमा खट्ने प्राविधिक सहितका १६ जना, २ मोटरसाईकल सहित १ जीप सञ्चालनको लागि जिल्ला प्रशसान कार्यालय बाँकेबाट अनुमति लिएको छ ।

सांसद नमुनाको पहलमा जिल्ला प्रशासनबाट पास समेत उपलब्ध भएपछि रोकिएको बिद्युतिकरणको काम सुरु भएको उहाँका स्वकिय सचिव तथा युवा नेता सुर्यप्रकास घर्तीमगरले जानकारी दिनुभयो ।

प्राविधिकहरु नरैनापुर क्षेत्रमा तार तान्नको लागि सोमबारबाट नै फिल्डमा खटिसकेका छन् । उनले रेणु कन्ट्रक्सन कम्पनी प्रालिले यस अघि लकडाउन हुनुपूर्व नरैनापुरको बिद्युतिकरण गर्ने सम्झौता गरी केही काम समेत सुरु गरी सकेको बताए ।

सांसद नमुनाले नरैनापुरमा आइसोलेसन बनाउने भनेको स्थलबाट तत्कालै विद्युत् पु¥याउनको लागि काम सुरु गरिएको जानकारी दिनुभयो ।

‘केही दिनदेखिको प्रयासले अहिले आएर सार्थकता पाएको छ’ उहाँले भन्नुभयो, ‘छिटो भन्दा छिटो विद्युत् पु¥याउनको लागि अहिले पनि सबैसँग समवन्य गरिरहेकी छु । यो काममा साथ दिने सबै जनालाई धन्यावाद दिन चाहान्छु ।’

नरैनापुर गाउँपालिका देशकै सबैभन्दा बढी कोरोना संक्रमितहरु रहेको पहिलो स्थानीय तह समेत हो । विद्युत् नपुग्दा नरैनापुरमा कोरोना संक्रमितहरु राख्ने स्थान आइसोलेसन अस्पताल समेत बन्न सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १३ गते मंगलबार