बाँकेको नरैनापुर गाउँपालिका कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको छ । शनिबारसम्म कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ। जुन नेपालमा अहिलेसम्म पालिकामा कोरोना संक्रमण देखिएको ठूलो संख्या हो । यहाँ कोरोना कै कारण एक २५ वर्षीय युवकले ज्यान समेत गुमाइसकेका छन् । यहाँ समुदाय स्तरमा कोरोना संक्रमण फैलिन सक्ने उच्च सम्भावना छ । विकासका दृष्टिले निकै पछि रहेको र जनचेतनाका हिसाबले समेत पछि रहेको नरैनापुरमा संक्रमित थपिन थालेपछि यहाँको अवस्था निकै जटिल बन्दै गएको छ । एकतिर कोरोना संक्रमणको दर बढिरहेको छ ।
अर्कातिर नागरिकमा कोरोनाको विषयमा प्रयाप्त जानकारी अभाव न्युन चेतना स्तरका कारण संक्रमित भगाउने देखि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई भड्काउने सम्मका कार्य हुन थालेका छन् । जबकी गाउँपालिकामा कोरोना महामारी फैलिरहेको छ । स्थानीयको सकारात्मक सहयोग हुनु पर्ने हो । यो त स्थानीयमा व्याप्त चेतना भयो होला । तर प्रदेश र संघीय सरकारले सहयोग नगरेको गुनासो नरैनापुरले गरेको छ । गाउँपालिकाले गाउँपालिकामा बढ्दो संक्रमण र जोखिमको अवस्था बढ्दै गएको गाउँपालिका धान्न सक्ने अवस्थामा नरहेको जनाएको छ । यहाँको भौतिक संचरना निकै कमजोर छ भने विकासका दृष्टिकोण निकै पछि छ ।
गाउँपालिकाको प्रदेश र संघीय सरकारलाई गुहार छ, उच्च स्तरीय चिकित्सक टोली र सुरक्षाकर्मी खटाइदेउ । गाउँपालिकाको यस्तो अवस्था हुदाँ समेत अहिले सम्म प्रदेश सरकारले हस्तक्षेपकारी भूमिका खेल्न सकेको देखिदैन । संघीय सरकार त यहाँको अवस्था प्रति बेखबर जस्तै छ । यहाँका जनप्रतिनिधिहरुको आग्रह सरकारले बेवास्ता गरिरहेको छ । कोरोना संकट आफैमा जटिल परिस्थिति हो । यसमा देशमा रहेका तीन तहका सरकारको समन्वय हुनु पर्ने हो । तर प्रदेश र संघीय सरकार यो मामिलामा चुकिरहेका छन् । अब नरैनापुरलाई सहयोगको खाँचो छ । कोरोना दुःख भोगिरहेको नरैनापुरका लागि यो निकै कठिन स्थिति समेत हो । छिटो भन्दा छिटो आवश्यक स्वास्थ्य सामग्री, जनशक्ति र पूर्वाधारको कमि हुन दिनु हुदैन । यसको छिटो भन्दा छिटो व्यवस्थापन होस् । विश्व समुदायले नै भोगिरहेको संकटको अघिमा हातेमालो आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्