घरभाडा मिनाहा गरिदिन संघको अनुरोध



रावन विश्वकर्मा, बाँसगढी ।

बर्दियाको बाँसगढी उद्योग वाणिज्य संघले घरधनीलाई घरभाडा मिनाहा गर्न अनुरोध गर्ने निर्णय गरेको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि गरिएको लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा व्यवसायीहरु समस्यामा परेकाले घरधनीहरुलाई बाँसगढी क्षेत्रका व्यवसायीको घरभाडा मिनाहा गर्न अनुरोध गर्ने निर्णय गरेको
हो । शनिबार बसेको संघको बैठ्कले व्यवसायीहरुबाट लकडाउन अवधिभरको सटर भाडा मिनाहा गर्न घरधनीहरुलाई अनुरोध गर्ने निर्णय गरिएको बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारुले जानकारी दिए ।

संघले घरभाडा मिनाहाका लागि गरेको निर्णय कार्यान्वयनको लागि स्थानिय सरकारलाई समेत अनुरोध गरिने उनले बताए । ‘सरकारले जारी गरेको लकडाउनका कारण २ महिनादेखि व्यापार व्यवसाय ठप्प छन्’ उनले भने, ‘व्यापार व्यवसाय ठप्प हुँदा व्यवसायीहरु समस्यामा परेकाले व्यापारीहरुको राहतका लागि यस्तो निर्णय गरेको हौँ ।’ त्यस्तै बैठ्कले स्थानीय सरकारले लिदै आएको व्यवसाय कर र घर बहाल करमा समेत छुट दिन स्थानिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । स्थानीय सरकारले व्यवसाय कर, व्यवसायिक घर बहाल कर लिदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ११ गते आइतबार