४० जिल्लामा कोरोना संक्रमित



कोहलपुर ।

नेपालका ४० जिल्लामा गरी ५१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये शुक्रबार साझसम्म ३ जनाको मृत्यु भएको छ भने ७० जना स्वास्थय लाभ गरी घर फर्किसकेका छन् । बाँकी ४३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था हालसम्म सामान्य रहेको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी संक्रमित बाँके जिल्लामा रहेका छन् ।

बाँकेमा शुक्रबारमात्रै १४ जना नयाँ संक्रमित थपिँदै कूल संक्रमितको संख्या ११५ जना पुगेको छ भने शुक्रबार नै २१ जना निको भएर घर फर्किएका थिए । बाँकेपछि सबैभन्दा धेरै संक्रमित पर्सा जिल्लामा ९१ जना रहेका छन् । पर्सामा ३ जना निको भइसकेका छन् । यसबाहेक हालसम्म रुपन्देहीमा २९, उदयपुरमा ३३, कपिलवस्तुमा ६९, काठमाडौंमा १२, धादिङमा २, कैलालीमा ७, बारामा १०, धनुषामा ९, रौतहटमा २२, बाग्लुङमा २, चितवनमा ५ जना कोरोना संक्रमित फेला परेका छन् ।

त्यस्तै झापामा ३५, महोत्तरीमा ३, भक्तपुरमा ४, बर्दियामा २, भोजपुरमा १, कञ्चनपुरमा १, नवलपरासी (पश्चिम) मा ६, सप्तरीमा २, सर्लाहीमा १९, नवलपुरमा २, मकवानपुरमा २, दाङमा ५, काभ्रेमा १, सिरहामा १, सिन्धुपाल्चोकमा १, मोरङमा ५, धनकुटामा ७, गुल्मीमा १, खोटाङमा १ जना कोरोना संक्रमित फेला परेका छन् । यसैगरी दैलेखमा १, सुनसरीमा ३, ललितपुरमा १, लमजुङमा १, रामेछापमा १, सिन्धुलीमा १, बैतडीमा १ र डडेलधुरामा पनि १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सिन्धुपाल्चोक, गुल्मी र बाँकेका एक–एक गरी ३ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये बैतडी र डडेलधुरामा शुक्रबारमात्रै थपिएका हुन् ।

हालसम्म बाँके २१ र पर्साका ३ सहित रुपन्देहीमा एक जना निको भएका छन् । त्यस्तै उदयपुरमा २३, काठमाडौंमा ९, कैलालीमा ४, रौतहटका १, बागलुङमा २, चितवनमा २, झापामा २, भोजपुरमा १ र कञ्चनपुरमा १ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८१९ जनाको नमुना परीक्षण भएको छ । आरडिटी विधिबाट ३ हजार ४२१ जनाको परीक्षण भएको छ । अहिलेसम्म विधिबाट ४२ हजार ४८८ र आरडिटी विधिबाट ८२ हजार ११६ जनाको नमुना परीक्षण भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १० गते शनिबार