विद्यार्थीको सिकाइ उपलब्धि र शिक्षक उपस्थितिको सम्बन्धलाई कसरी हेर्ने ?



अनन्त कुमार पौड्याल, उपसचिव, कोहलपुर

यस छोटो लेखमा विद्यार्थीको सिकाइ उपलब्धिसँग शिक्षकको वार्षिक उपस्थितिको पहाडजत्रै ठुलो सम्बन्ध हुन्छ भनेर बढाइचढाइ गर्न खोजिएको होइन । नङ र मासुको जस्तै सम्बन्ध हुन्छ भनेर कोट्याउन खोजिएको होइन । सेफोक्सुन्डो ताल जस्तै गहिरो सम्बन्ध हुन्छ भावनामा पौडी खेल्न खोजेको पनि होइन । गाई कि त्रिशुल जस्तै एउटै सिक्काका दुईवटा पाटा हुन्छन् भनेर सिक्का टस गर्ने तरिका सिकाउन खोजेको पनि होइन । माया(प्रेमजस्तै अभिन्न सम्बन्ध हुन्छ भनेर बहकिन खोजेको पनि होइन । शिक्षा ऐन नियम र निर्देशिकाहरुले भन्ने नीतिगत कुरा त छँदैछ । दफा र नियमका कुरालाई यहाँ दोहोरयाएर तेहेरयाएर उल्लेख गर्न खोजिएको होइन ।

शिक्षकको उपस्थितिमा बेस्सरी जोड दिनुपर्छ भनेर सुझाव दिन खोजेको होइन र शिक्षकको उपस्थिति जेजति भए पनि हुन्छ भनेर निष्कर्ष दिन खोजेको पनि होइन । विद्यार्थीको सिकाइ उपलब्धि र शिक्षकको उपस्थितिलाई तथ्याङ्कीय हिसाबले कसरी तुलना गरेर हेर्न सकिन्छ र विद्यालयको शैक्षिक नीति तर्जुमा गर्ने आधारका रुपमा यी दुई वटा कुराहरुलाई कसरी उपयोग गर्न सकिएला विचार पस्कन खोजिएको हो । तितो मिठो पाठक महोदयकै मर्जी ।

प्रणालीको आँखामा शिक्षक उपस्थिति र विद्यार्थीको सिकाइ उपलब्धि

विद्यालयलाई एक प्रणाली ९सिस्टम० का रुपमा हेर्न सकिन्छ । प्रणालीको आँखाबाट हेर्दा विद्यालयको आवश्यकता र स्थापना एउटा सन्दर्भ ९कन्टेक्स्ट० हो । शिक्षक उपस्थिति लगानी ९इनपुट० हो । शिक्षण विधि एक प्रक्रिया ९प्रोसेस० हो । विद्यार्थीले प्राप्त गरेका लब्धाङ्क, प्राप्ताङ्क, जीपीए, ग्रेड आदि सबै प्रतिफल ९आउटपुट० हुन् । विद्यार्थीले आर्जन गरेको ज्ञान, सीप, आनीबानी, कार्य सक्षमता र सन्तुष्टिहरु उपलब्धि ९आउटकम० हुन् । सक्षम र सुशिक्षित जनशक्तियुक्त समुदायको विकास नतिजा ९रिजल्ट० हो । हामीले भन्ने गरेको गुणस्तरीय शिक्षा प्रतिफल, उपलब्धि र नतिजा सबैसँग जोडिएको कुरा हो । सूचकका अँखाबाट हेर्दा शिक्षक उपस्थितिलाई सामान्यतस् इनपुट इन्डिकेटर र विद्यार्थीको सिकाइ उपलब्धिलाई आउटपुट इन्डिकेटरका रुपमा लिने चलन छ ।

शिक्षकहरुको औसत उपस्थिति

विद्यालय सञ्चालन दिनको अवस्था हेर्न तीन वटा कुराहरु हेरौँ । एक शैक्षिक वर्षभरिमा विद्यालय खुलेको जम्मा दिन । सोही वर्षमा पठनपाठन भएको जम्मा दिन । अनि त्यसै वर्षमा हरेक शिक्षकको कुल हाजिर दिन । अब विद्यालयमा भएका सबै जना शिक्षकहरुको कुल हाजिर दिन सङ्ख्यालाई शिक्षकको सङ्ख्याले भाग गरौँ । त्यो त्यस विद्यालयको शिक्षकको औसत उपस्थिति दिन भयो । अब यसै गरी प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक तथा कक्षा ११-१२ तहको तहगत शिक्षकको तहगत उपस्थिति पत्ता लगाऔँ । त्यसै गरी अब हरेक तहका विषयगत शिक्षकहरुको औसत हाजिरी पनि गणना गरी निकालौँ ।

विद्यार्थीको औसत सिकाइ उपलब्धि

हुन त सिकाइ उपलब्धि भनेको लब्धाङ्क वा प्राप्ताङ्क वा जीपीए वा श्रेणी के हो, त्यसमा छलफलै गर्नुपर्ने अवस्था छ । तर अहिलेलाई वार्षिक परीक्षाको लब्धाङ्क वा प्राप्ताङ्कलाई नै सिकाइ उपलब्धि मानौँ । अब विद्यार्थीहरुको कक्षागत, तहगत र विषयगत औसत सिकाइ उपलब्धि निकालौँ । कुनै एउटा कक्षाको कुनै एउटा विषयका सबै विद्यार्थीको लब्धाङ्कलाई जोडी विद्यार्थी सङ्ख्याले भाग गरेर त्यस विषयको औसत सिकाइ उपलब्धि निकाल्न सकिन्छ । कुनै एउटा कक्षामा पढाइ हुने सबै विषयका औसत लब्धाङ्कलाई जोडी विद्यार्थी सङ्ख्याले भाग गरेर सबै विषयमा त्यस कक्षाको औसत सिकाइ उपलब्धि निकाल्न सकिन्छ । ग्रेडमा रिजल्ट निकाली सकेको भए जीपीएलाई नै सिकाइ उपलब्धि मानेर पनि औसत सिकाइ उपलब्धि निकाल्न सकिन्छ ।

विद्यार्थीको सिकाइ उपलब्धि र शिक्षकको वार्षिक उपस्थितिको सम्बन्धलाई कसरी हेर्ने त

विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धिमा शिक्षक उपस्थितिको सम्बन्ध के छ भनेर हेर्ने तरिका अनेक छन् । शिक्षक उपस्थिति बढदा विद्यार्थीको सिकाइ उपलब्धि बढछ वा बढदैन रु कुनै शिक्षकको वार्षिक उपस्थिति कम हुँदा पनि कतै सिकाइ उपलब्धि बढेको पो छ कि रु कतै अरुभन्दा बढी उपस्थित हुने शिक्षकले पढाएका विद्यार्थीको सिकाइ उपलब्धि कम देखियो भने के बुझ्ने रु शिक्षक जति बढी उपस्थित, त्यति धेरै सिकाइ उपलब्धि हुन्छ भन्ने औसत बुझाइ ठिक हो त । कुनै शिक्षकको नियमित उपस्थितिले विद्यार्थीको सिकाइ उपलब्धिमा कुनै सुधार भएन भने त्यहाँ निर विद्यालयको शिक्षक परिचालन नीति के हुने रु राष्ट्रिय मापदण्ड अनुसार सिकाइ उपलब्धि कति छ रु शिक्षकको वार्षिक उपस्थितिमा सुधार गरेर उक्त मापदण्ड हासिल गर्न सकिन्छ कि सकिँदैन रु खासमा यस्ता प्रश्न र चिन्तनले नै सिकाइ उपलब्धिमा शिक्षकको उपस्थितिको सम्बन्धलाई हेर्न र बुझ्न सकिन्छ ।

अहिलेको कोराना महामारी र लकडाउनका कारण दूर विधिमा आधारित शिक्षा, अनलाइन-अफलाइन शिक्षा, भर्च्युलक कक्षा आदिजस्ता प्रविधिको प्रयोग गर्ने कुरा चर्चामा आएका छन् । भलै अहिले नै सबै तिर सबैलाई उपलब्ध नहोला । तर प्रयोग बढदै गएपछि पहुँच पनि बढदै जाने कुरा हो । शुरु शुरुमा गाडी, रेल, हवाइजहाज, मोबाइल फोन आदि त के कुरा कालोपाटी, कापी कलमको पहुँच त सबैलाई थिएन । तर प्रयोगसँगै विस्तारै विस्तारै सबैमा पहुँच बढदै गएको हो । विकासको एउटा नियम पनि यही हो, विकासको वितरण पहिले असन्तुलित हुन्छ र पछि क्रमशस् सन्तुलित हुँदै जान्छ । प्रविधिमा आधारित रही टाढै बसेर शिक्षण सिकाइ गर्नुपर्ने अवस्थामा शिक्षकबाट विद्यालयमा भौतिक वा अभौतिक दुवै प्रकारका उपस्थितिको खोजी गर्न र त्यसका लागि फरक किसिमको सूचक निर्माण गर्ने बेला आएको छ । यसरी गरिने तथ्याङ्कीय विश्लेषण र व्याख्याबाट नै सिकाइ उपलब्धि र शिक्षक उपस्थितिको सम्बन्धलाई एउटा निष्कर्षमा पुर्याउन सकिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ५ गते सोमबार