कोहलपुर ।
बैजनाथ जेसीजको पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जे.सी. सिनेटर जीवन कार्कीको प्रमुख अतिथ्यतामा शुक्रबार पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । बैजनाथ जेसीज वर्ष २०२५ का अध्यक्ष विरेन्द्र सुवेदीले वर्ष २०२६ का लागि नवनिर्वाचित अध्यक्ष गणेश कुमार खड्कालाई पद हस्तान्तण गरेका हुन् ।
नवनिवार्चित अध्यक्ष खडका लगाएत उनको नेतृत्वमा रहेका पदाधिकारीहरुले सपथ तथा पदभार ग्रहण गरेका हुन् । वर्ष २०२६ जेसीजका राष्ट्रिय अध्यक्ष सुवेदीले बैजनाथ जेसीजले परिणाममुखी काम गर्ने उनले बताए । उनले विभिन्न संस्था तथा नेपाल सरकारका निकायसँग सहकार्य गरेर काम गर्नुपर्ने उनले जानकारी दिए ।
उक्त अवसरमा बोल्दै वर्ष २०२६ का अध्यक्ष खड्काले राजनीतिभन्दा माथि उठेर काम गर्ने उनले बताए । बैजनाथ गाउँपालिका भित्र रहेका १८ वर्षदेखि ४० वर्ष उमेर समुहका युवाहरुलाई समेटेर अघि बढ्ने महाअवियान रहेको उनको भनाइ थियो । २०२२ मा स्थापना भएको बैजनाथ जेसीज शाखालाई अघि बढाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।
सर्वसमत अध्यक्षमा निर्वाचित गराएको भन्दै उनले सबै पदाधिकारीलाई समेत धन्यवाद दिए । कार्यक्रममा वर्ष २०२६ जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष नवराज उपाध्याय, राष्ट्रिय महासचिव अमर घिमिरे,उपाध्यक्ष रुपक विष्ट र वर्ष २०२५ जेसी कोषाध्यक्ष रामप्रसाद पाण्डेको समेत उपस्थित रहेका थिए ।
बैजनाथ जेसीज वर्ष २०२६ को टिम
अध्यक्ष गणेश बहादुर खड्का ,एलपीपीए विरेन्द्र सुवेदी,कार्यकारिणी उपाध्यक्ष हेमराज विसी, कार्यकारिणी उपाध्यक्ष मिना केसी, कानुनी सल्लाहकार हरीराम थारु, महा–सचिव कृति खड्का,कोषाध्यक्ष भिम बहादुर रोकाय,उपाध्यक्ष अरुण लामिछाने,उपाध्यक्ष वसन्तराज न्यौपाने, उपाध्यक्ष कृति पुन, उपाध्यक्ष पुजा खत्री, सचिव खगेन्द्रकुमार बुढा ,सह–कोषाध्यक्ष मनिश खड्का रहेका छन् । यस्तै सदस्यहरुमा डिम्पल रायमाझी,बिमला बस्नेत, दिपा राना, बसन्ति डककागी, जया खड्का , प्रेम बहादुर बस्नेत र कृष्ण बुढा क्षेत्रीरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्