रावन विश्वकर्मा । बाँसगढी ।
बर्दियामा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गौतम परिवारद्धारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ ।
नेकपाका उपाध्यक्ष बामदेब गौतम, उनकी धर्मपत्नी तथा प्रतिनिधी सभा सदस्य तुल्सा थापा गौतम र सुपुत्र हरिश गौतमको व्यक्तिगत सहयोगमा जिल्ला विपत् व्यवस्थापन समिति बर्दियालाई आईतबार स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ ।
पुर्वउपप्रधान तथा गृहमन्त्रि समेत रहेका गौतम परिवारबाट बर्दिया पठाईएको सामाग्री नेकपा बर्दिया अध्यक्ष भवन कुमार थारु, कार्यबाहक जिल्ला सचिव लाल बहादुर श्रेष्ठ र कार्यालय सदस्य सालिकराम अधिकारीद्धारा जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई सामाग्री हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण गरिएको सामाग्रीहरुमा ८० हजार थान सर्जिकल माक्स, ५० थान पिपिई, १४ पिस थर्मल गन र ५० लिटर सेनिटाईजर रहेको नेकपा बर्दिया कार्यालय सदस्य तथा बाँसगढी नगर प्रमुख सालिकराम अधिकारीले बताए ।
गौतम परिवारद्धारा सहयोग प्राप्त स्वास्थ्य सुरक्षा सामाग्री मध्य बर्दिया क्षेत्र नं. १ अन्तरगत पर्ने बाँसगढी, बारबर्दिया, गुलरिया नगरपालिका र बढैयाताल गाँउपालिकालाई १० हजार थान सर्जिकल माक्स, १ ग्यालेन सेनिटाईटर, १ थान थर्मल गन हस्तान्तरण गरिएको छ भने बर्दिया क्षेत्र नं. २ अन्तरगत पर्ने मधुवन, ठाकुरबाबा, राजापुर नगरपालिका र गेरुवा गाँउपालिकालाई ५ हजार थान सर्जिकल माक्स, १ ग्यालेन सेनिटाईजर, १ थान थर्मल गन हस्तान्तरण गरिएको थियो ।
त्यस्तै बर्दिया अस्पताललाई ३ हजार थान सर्जिकल माक्स, स्वास्थ्य कार्यालय बर्दियालाई २ हजार थान माक्स, ३५ थान पिपिई र ३ थान थर्मल गन, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल र नेपाली सेनालाई २ हजार थान माक्स, १ ग्यालेन सेनिजाईजर, ५ थान पिपिई, १ थान थर्मल गन दिईएको छ ।
त्यसैगरी एम्बेलेन्स सवारी चालक संघ र पत्रकार महाँसंघ बर्दियालाई ५ सय थान माक्स प्रदान गरिएको र ९ हजार थान माक्स र १ थान थर्मल गन जिल्ला विपत् व्यवस्थापन समितिमा राखिएको जनाईएको छ ।
विपत्को अवस्थामा गौतम परिवारद्धारा सहयोग प्राप्त स्वास्थ्य सामाग्रीले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि थप सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्