कोहलपुर ।
तत्कालिन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको २७ औँ स्मृति दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ सय ३५ जनाले रक्तदान गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैजनाथ गाउँपालिका कमिटी र राष्ट्रिय युवा संघ नेपाल बैजनाथ कमिटीको संयुक्त आयोजनामा दुई दिनसम्म चलेको रक्तदान कार्यक्रममा २ सय ३५ जनाले रक्तदान गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीको एकता दिवस तथा मदन–आश्रित स्मृति दिवसको अवसरमा बैजनाथ गाउँपालिकाका दुई स्थानमा दुई दिन सम्म गरिएको रक्तदान कार्यक्रमबाट २ सय ३५ प्वाइन्ट रगत संकलन भएको हो ।
दिवसको अवसर पारेर लामो समयको कोरोना भाइरसका कारण जारी लकडाउनको समयमा गाउँपालिकामा रगत अभावलाई मध्यनजर गर्दै सुरु भएको कार्यक्रम उल्लेख्य उपस्थितिका साथ सम्पन्न भएको नेकपा बैजनाथले जनाएको छ ।
पहिलो दिन ८९ जना भन्दा रक्तदान गरेका थिए भने आइतबार १ सय ४६ जनाले रक्तदान गरेका थिए । जसमा २३ जना महिला र अन्य पुरुष रहेको नेकपा बैजनाथ गाउँपालिकाका कार्यालय सदस्य पे्रम सुवेदीले मिसन टुडे दैनिकलाई जानकारी दिए ।
वडा नम्बर ५ मा रहेको प्रभात माविमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । आइतबार भने विपि मेमोरियल माविमा सम्पन्न भएको हो । जसमा कुल ३६ जना महिला र १ सय ९९ जना पुरुषले रगत दान गरेका थिए ।
स्वर्गीय मदन भण्डारी तत्कालिन एमालेका महासचिव थिए भने आश्रित संगठन विभाग प्रमुख थिए । ‘रक्तदान गरौ, पुण्य कमाऔँ’ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
दिवसको अवसरमा देशभर झै बाँकेमा समेत विभिन्न कार्यक्रम गरिएको थियो । नेकपा कोहलपुरले समेत मदन–आश्रित दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो ।
उनीहरुको २०५० जेष्ठ ३ गते दासढुंगामा भएको रहस्यमय दुर्घटनामा ज्यान गुमाएका थिए ।









प्रतिक्रिया दिनुहोस्