मुम्बईबाट आएका थिए क्वारेन्टाइनमा मृत्यु भएका युवक



नेपालगञ्ज ।

बाँकेको नरैनापुरमा रहेको क्वारेन्टाइनमा आज बिहान मृत्यु भएका युवक भारतको मुम्बईबाट आएको खुलेको छ । गाउँपालिका ५ मा रहेको दिपेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका एक युवकको आज बिहान मृत्यु भएको थियो ।

गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मणिराज खरालले गएराती ती युवालाई ज्वरो आएर उल्टी भएपछि बिहान साढे ६ बजेतिर मृत्यु भएको जानकारी दिए । उनी गत बैशाख ३० गते भारतको मुम्बईबाट आएर क्वारेन्टाइामा बसेका थिए ।

मृतक युवाको शनिबार मात्र कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । यसअघि सोही क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना पुष्टी भएको थियो ।

घटनाबारे थाहा पाएपछि जिल्लाबाट सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली नरैनापुरको लागि हिडिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ४ गते आइतबार