इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दमाथि छानविन गर्न एक समिति गठन गरिएको छ ।
पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख डिआईजी रबिन्द्रबहादुर धानुकको निर्देशनमा उनीमाथि छानविन गर्न बाँके प्रहरीलाई निर्देशन दिएपछि छानविन समिति गठन गरिएको हो ।
बाँके प्रहरीले कोहलपुर डिएसपी चन्दमाथि छानविन गर्न बाँके प्रहरीका डिएसपी शिवबहादुर सिंहको संयोजकत्वमा पाँच सदस्यिय छानविन समिति गठन गरेको छ ।
बाँकेका एसपी वीरबहादुर ओलीका अनुसार बाँकेको कोहलपुरका व्यवसायी माइकल सापकोटालाई नीजि गाडीमा नेपाल प्रहरी लेख्न दिएको घटनाका बारे छानबिन तथा अनुसन्धान गर्न छानबिन समिति बनेको हो ।
प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) धानुकको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको छलफलपछि डिएसपी सिंहको संयोजकत्वमा कोहलपुरका डिएसपी चन्दमाथि छानबिन तथा अनुसन्धान गर्न समिति गठन भएको भएको थियो ।










प्रतिक्रिया दिनुहोस्