दुईदिने जुम्ल्याहाको दाङमा स्वाब निकालियो



दाङ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा दाङमा पहिलो पटक २ दिने जुम्ल्याहा बालिकाको स्वाब लिइएको छ । पिसिआर विधिबाट कोरोना परीक्षण गर्नको लागि मंगलबार २ दिने जुम्ल्याहा बालिकाको स्वाब लिइएको हो ।

भारतबाट आएर तुलसीपुरको रक्षाचौर क्वारेन्टाइनमा बसेकी महिलाबाट जन्मिएका ती बच्चाको स्वाब लिइएको तुलसीपुर उपमहानगरका कोभिड– १९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

उनका अनुसार नेपालमा अहिलेसम्म स्वाब परिक्षण गरेको मध्ये ती शिशु नै सबैभन्दा सानो उमेरका हुन् । उनीहरुको तौल कम भएका कारण तुल्सी हस्पिटलको एनआइसियुमा राखेर उपचार भइरहेको पनि समेत फोकल पर्सन केसीले बताए ।

हस्पिटलमा उपचाररत बालिकाको स्वाब संकलन गरेर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको तुलसी अस्पतालका सञ्चालक एवं नवजात शिशु तथा बालरोग विशेषज्ञ किशोर खत्रीले जानकारी दिए ।

गत बिहीबार क्वारेन्टाइनमा बसेकी तुलसीपुर १३ की अनिता यादवले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुक्रबार राति जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

त्यसैगरी यावदको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । उनीहरुको अवस्था अहिले सुधारोन्मुख रहेको हस्पिटलले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३१ गते बुधबार