‘कोरोना विरुद्ध लड्न सर्वदलिय टोली बनाएको छु’



अहिले विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेका सबै पालिकाहरुले आफ्नो आफ्नो सिमा क्षेत्रहरुलाई कडाई गरिरहेका छन् । शनिबारसम्म नेपालमा १०९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोहलपुर नगरपालिकाले कोरोना भाइरस रोकथाक र विपन्न वर्गहरुका लागि राहत कार्यक्रम वितरण समेत गरिरहेको अवस्था छ । यसै सन्र्दभमा वडास्तरमा के कस्ता प्रयासहरु भइरहेका छन् भनेर डिल्ली शाहीले वडा नम्बर ७ का अध्यक्ष दिपकजंग शाहसँग कुराकानी गरेका छन् ।

१. कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा कार्यालयबाट के कस्ता काम भइरहेका छन् ?

नेपाल सरकारले र कोहलपुर नगरपालिकाले दिएको निर्देशनलाई पूर्ण रुपमा पालना गरिरहेका छौं । मैले आफ्नो वडामा कोरोना रोकथाम र नियन्त्रण गर्नका लागि एउटा सर्वदलिय टिम बनाएको छु । अहिलेसम्म सर्वदलिय टोलीले काम पूर्ण रुपमा गरिरहेको छ । सामाजिक दुरी कायम गरी कृर्षीकार्यहरु गर्न समेत अनुरोध गरेका छौं । कोरोना भाइरसको रोकथाम र बच्नका लागि के के गर्नुपर्दछ भनी प्रचारप्रसार गरिरहेका छौं । साथै माछामासूबाट पनि यसको प्रत्यक्ष रुपमा सर्ने भएकोले माछामासु नखाने खाएपनि राम्रोसँग पकाएर मात्र खाने भनी सन्देश प्रवाह गरिरहेका छौं । वडा कार्यालयमार्फत पाँच सय माक्सहरु खरिद गरि वितरण गरेका थियौं ।

२. कोरोना संक्रमण फैलिएका क्षेत्रबाट तपाईको वडामा लुकिछिपी प्रवेश गर्न सक्ने सम्भावना कती छ ?

कोहलपुर नगरपालिकाले आफ्नो चारै सिमाहरु पूर्ण रुपमा बन्द गरेको छ । नेपालगञ्जमा एक्कासी कोरोना संक्रमण भेटिएपछि कोहलपुर नगरपालिकाले दक्षिण तिरको नाका पूर्ण रुपले शिल समेत गरेको छ । मैले पनि आफ्नो वडामा सर्वदलिय टोली मार्फत वडाको सिमानामा बेरियल बनाएको छु । जुन आफ्नो सिमानामा जाने व्यक्तिहरुको पूर्ण रुपमा निगरानी राख्न सजिलो हुने गरेको छ । त्यहाँ १० जनाको टोलि रहेको छ । यो वडाको पूरै सिमानाको कुन क्षेत्रबाट वडामा जार्ने मुख्य बाटोहरु रहेका छन् त्यहाँ बेरियलहरु राखिएका छन् । त्यसलाई आवश्यक परेमा खोल्न र बन्द गर्ने सकिन्छ । अहिलेसम्म आफ्नो वडामा कुनै पनि भारतबाट र विदेशबाट आएका छैनन् ।

३. वडाबाट कति घरपरिवारलाई राहत वितरण गर्नुभयो ?

वडा कार्यालयबाट पहिलो चरणमा १ सय ९१ जनालाई राहत वितरण गरेका छौं । केएल दुगड संस्थाले १ सय ५० जना विपन्न वर्गका मानिसहरुलाई राहत प्रदान गरेको थियो । हामीले गरिब, विपन्न वर्ग, मजदुरहरुलाई पहिलो प्राथामिकता राखेका छौं । वडा कार्यालयले नगरपालिकाको मापदण्डलाई पूर्ण रुपमा कार्यान्वयन गरेका छौं । अब दोस्रो चरणमा ४ सय २ जनालाई राहत वितरण गर्नेछाँैं ।

४. कयाँै ठाउँमा राहत वितरण गर्दा वास्तविक पीडित भन्दा पहुँचवालाहरुले पाए भन्ने गुनासाहरु पनि आएका छन् । तपाईको वडामा के छ ?

अहिलेसम्म मेरो वडामा कुनै गुनासा आएका छैनन् र आउने पनि छैनन् । किनभने मैले बनाएको सर्वदलिय टोलीले यसको समाधान गरिरहेको छ । उक्त टोलीले जुन छाक टार्न धौधौ रहेको छ त्यसको तथ्यांक लिएर मात्र राहत वितरण गरेका छौं । कसले पाउने कसले नपाउने भनी सोही टोलीले घरघर पुगी हेरिरहेका छ त्यही आधारमा राहत वितरण गरेका छौं । अरु वडामा गुनासाहरु आएका छन् तर मेरो वडामा गुनासाहरु आउने दिनेछैन ।

५. कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु विक्रि नहुँदा खेतबारीमै कुहिने अवस्था आएको बताइन्छ । तपाईको वडामा अवस्था के छ नी ?

वडामा भएका किसानहरुको खेतबारीमा फलेको तरकारी कुहिएको अवस्था आएको छैन । २-३ जना कृषकहरु रहेका छन् उनीहरुले तरकारीहरु लगाएका थिए । किसानको पसिना र रगत नचुक्ने गरी बजारमा खपत भैसकेको छ । तरकारीको खपत गर्नेका लागि विभिन्न स्थानमा फोन गरी तरकारीहरुको व्यवस्थापन गरेको हु ।

६. अन्त्यमा के भन्न चाहानुहुन्छ ?

नेपाल सरकारले कोरोना भाइरस रोकथाम गर्नेका लागि गरिएको लकडाउन पूर्ण रुपमा पालना गर्ने सबैमा अनुरोध गर्न चाहान्छु । कोरोना भाइरसले नेपाललाई पनि अछुतो छोडेको छैन । छिमेकी शहर नेपालगञ्जमा समेत कोरोना संक्रमण देखिएको छ । त्यसकारणले हामी कोरोना संक्रमणको उच्च जोखिममा छौं । कृषकहरुले सामाजिक दुरी कायम गरी काम गर्ने समेत अनुरोध गर्दछु । विभिन्न सहयोग गर्ने संघसंस्थाहरुलाई धन्यवाद समेत व्यक्त गर्दछु ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २८ गते आइतबार