कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ पृथ्वी नगरका विभिन्न १६ घरपरिवारलाई राहत उपलब्ध गराइएको छ । कोहलपुरमा सक्रिय रहेको अटो रिक्सा मजदुर संगठनले उनीहरुले राहत दिएको हो । विभिन्न क्षेत्रबाट संकलन गरिएको उक्त राहत उनीहरुलाई शनिबार उपलब्ध गराइएको थियो ।
अटो रिक्सा मजदुर संगठनका संयोजक विनोद मल्लले कोरोना संक्रमण रोकथाम गर्न लकडाउन गरेपछि मजदुरहरुको साँझ विहान छाक टार्न समस्या भइरहेको बताए । ‘अहिले सबैभन्दा बढि मजदुर नै समस्यामा परिरहेका छन्’ उनले भने, ‘वडा कार्यालयबाट पनि मजदुरहरुलाई राहत वितरणमा छुटाइएका छन् ।
त्यसकारणले हामीले आफै राहत संकलन गरी वास्तविक मजदुरहरुलाई वितरण गरेका हौं ।’ संगठनका सल्लाहाकार नेत्र थापाले प्रति घरपरिवारलाई चामल १३ केजी, दाल १.५ केजी, तेल २ लि., १ पोका नून उपलब्ध गराइएको जानकारी दिए ।
प्रकाशित मिति : २०७७ वैशाख २८ गते आइतबार









प्रतिक्रिया दिनुहोस्