सम्पादकीय : मजदुरको व्यवस्थापन गर



चार साता देखि देश लकडाउन छ । सरकारले घर भित्र बाट बाहिर ननिस्कन नागरिकलाई निर्देशन जारी गरेको छ । लामो समयको लकडाउनका कारण काम गरि खाने वर्गको विचल्ली नै भएको छ । यसको मारमा हुदाँ खाने देखि हुने खाने सम्म परेका छन् । विकास निर्माण, आयोजना, पसल,व्यवसाय बन्द छन् । जसका कारण कामगरि खाने वर्ग मारमा परेको छ । सरकारको लकडाउन लम्ब्याउने पछिल्लो निर्णयले झन अल्यौल सिर्जना भएको छ । करिब १ महिनाको लकडाउनले आम नागरिकको चुल्होमा भोकमरीको अवस्था सिर्जना गरिदिएको छ । कतिपय नागरिक भोकै बस्न बाध्य छन् ।

सुत्केरी, अपांगता भएका व्यक्ति, दृष्टिविहीन तथा अन्य नागरिकहरु अहिले लगभग कोठा भित्रै छन् ।  अर्कातिर देशभरका मजदुर हजारौ किलोमिटर हिडेर घर जान बाध्य छन् । बालबालिका देखि बृद्धबृद्धाहरु हुलका हुल हिडिरहेका छन् । उनीहरुको सही व्यवस्थापन सरकारले गर्न सकेको छैन । नागरिकहरु भोको पेट, नांगो खुट्टा माइलको यात्रा गरिरहेका छन् । तर सरकारलाई नागरिकका ह्रदयविधारक चित्र माथि मजाक उडाइरहेको छ । संघीय सरकार लाचार र प्रदेश सरकार बेकम्मा भएका छन् । स्थानीय सरकारलाई आसेपासेलाई राहत दिदै ठिक्क छ । दुःख त्यही वर्गले पाइरहेको छ । जुन वर्ग अहिले सरकारको नजरमा पर्न सकेको छैन । विपत्तिको बेला नागरिकले आस गर्ने अन्तिम बिन्दु सरकार हो ।तर सरकार नै निम्छरो बनिदिएपछि कस्तो ने लाग्ने । यसले नागरिकलाई नागरिक हुनुको बोध गराउन सकेको छैन ।

स्थानीय सरकार र प्रदेश सरकारलाई संघीय सरकारले निर्देशन दिएको पैदल यात्रीलाई जहाँ छन्, त्यहीँ व्यवस्थापन गर्नु, खाना र बस्ने व्यवस्था गर्नु । जुन अहिले सम्म पनि हुन सकेको छैन । उनीहरु जसरी पनि घर जान चाहन्छन् । यस्तो अवस्थामा सरकारले निर्देशन भन्दा पनि नागरिकको आवश्यकता ठूलो । बीच बाटोमा सुखले श्वास समेत फेर्न सकेका छैनन् । कसरी बस्लान र खै सरकारले दिएको खाएर । यो नै सोचनीय विषय छ । सरकारले सोच्नै पर्छ । जनताको सही व्यवस्थापन हुनैपर्छ ।यसमा स्थानीय सरकारको सबै भन्दा ठूलो हात रहन्छ । स्थाीय सरकारले नै हो राहत प्रदान गर्ने देखि सही व्यवस्थापन गर्ने । केही हद सम्म स्थानीय सरकार लागि परेको छ । जोखिमका बीच स्थानीय सरकारले जुन काम गरिरहेका छन् ।यो अरु सरकारको काम भन्दा तारिफ योग्य नै छ । आगामी दिनमा कसैले पनि राज्य विहिनताको अवस्था भोग्न नदिनको लागि मजदुर वर्गको व्यवस्थापनमा उचित ध्यान दिनै पर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ९ गते मंगलबार