कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ ले कोहलपुरमा बेवारिसे रुपमा बस्दै आएका भारतीय नागरिकलाई राहत वितरण गरेको छ । कोरोना भारइरसका कारण सरकारले तीन सातादेखि जारी गरेको लकडाउनको मारमा परेका जना भारतीय नागरिक सहित १५ जनालाई राहत वितरण गरिएको हो । वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाका अनुसार वडा कार्यालयको समन्वयमा कोहलपुर जेसिजको सहयोगमा कुल पन्ध्र जनालाई राहत वितरण गरिएको थियो ।
ती मध्ये लकडाउनका कारण समस्यामा परेका भारतीय नागरिक रहेको उनको भनाई छ । वडा नम्बर ११ को बसपार्क नजिकै २५ जना भारतीय नागरिक त्रिपालमा बस्दै आएका छन् । उनीहरुलाई प्रति परिवार १२ के.जी. १ लिटर तेल, साढे १ के.जी. मस्यौरा, १ दर्जन केरा १ टा काख्रा प्रदान गरिएको उनले जानकारी दिए । यससँगै पहिलो चरणमा वडा नम्बर ११ का ९ सय ९१ जनालाई राहत वितरण गरेर सकिएको थापाको भनाई छ । ‘अब दोस्रो चरणमा राहत वितरण तयारी भइरहेको छ ।
दोस्रो चरणमा निश्चित प्रक्रिया पुयाएका भाडावाला र विद्यार्थीलाई राहत वितरण हुन्छ । आइतबार बाड्ने तयारी गरेका छौ’ उनले भने । यता वडा कार्यालयबाट राहत पाएपछि भारतीय नागरिकले खुसी प्रकट गरेका छन् । उनीहरुले पराईको देशमा भएपनि स्थानीय सरकारले सहयोग गरेको भन्दै खुसी प्रकट गरेका हुन् । भारतीय नागरिक हुसेन बि ले आफूहरुलाई निकै राहत मिलेको बताइन् । उनका अनुसार लकडाउन अवधिभर आफूहरुलाई निकै सहज हुने भएको छ ।
अर्का भारतीय नागरिक अब्दुल रहमानले पनि नाम लेखाएको एक हप्ता पछि ढिलै भएपनि सहयोग गरेको प्रति धन्यावाद प्रकट गरे । ‘हामी साता जनाको परिवार भोकभोकै बसेका थियो । हामी सँग भएको रासन सबै सकिएको थियो । अब भने सबैजनालाई सहयोग भयो’ उनले भने । विगत एक महिना देखि लकडाउनका कारण २५ जना भारतीय नागरिक कोहलपुरमा त्रिपालमा बसिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्