बादी र गन्धर्वलाई राहत



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–१२ मा बसोबास गर्ने बादी र गन्धर्व समुदायले राहत पाएका छन् । वडा कार्यालय र कोेहलपुरका विपन्नलाई सहयोग गर्दै आएका जुम्लाका अम्मर बिष्टको समन्वयमा २० जना घर परिवारले खाद्यान्न पाएका हुन् । उनीहरुको वडाका जनप्रतिनिधि, बुद्धिजीविहरुको उपस्थितिमा घर घरमै गएर राहत वितरण गरिएको थियो ।

उनीहरुलाई प्रति व्यक्ति २० केजी चामल, एक एक प्याकेट नुन र तेल सहयोग गरिएको हो । बादी र गन्धर्व समुदायमा वडा नम्बर १२ को विभिन्न बस्तीमा बस्दै आएका छन् । उनीहरुको मुख्य पेसा नै अर्काको काम गर्ने र ज्याला मजदुरी गर्ने हो ।

मंगलबार सुन्दर बस्ती मै गएर खाद्यान्न वितरण गरिएको थियो । राहत पाएपछि खुसी प्रकट गर्दै प्रकाश बादीले आफूहरुको दैनिकी निकै जटिल बनेको बेला आएको सहयोगले निकै राहत भएको बताए । उनका अनुसार दुईदिन अघि नै छिमेकीकोमा मागेर चलाइरहेको
थिए । २० केजी चामल पाएपछि भने निकै सहज हुने उनको भनाई छ । अन्य बादी र गन्धर्व समुदायले समेत राहत पाएपछि सहज भएको प्रतिक्रिया दिएका छन् ।

यस अघि वडा कार्यालयले अन्य विपन्नहरुलाई राहत प्रदान गरेको थियो । वडापालिकाले पहिलो चरणमा अति विपन्न ५ सय जनालाई राहत वितरण गरिएको कार्यबाहक वडा अध्यक्ष रेशम बहादुर शाहीले बताए । उनका अनुसार पहिलो चरणमा अति विपन्नको सूचिमा रहेका तर
छुटेका २० जनालाई सहयोग गरिएको हो ।

आफ्नो वडाका अति विपन्नलाई सहयोग गर्ने व्यक्तिलाई उनले धन्यावाद समेत प्रकट गरेका छन् । नगर कार्यपालिका सदस्य नारायणी वलीले विपत्तिको बेला खान लाउन समेत धौधौ भएका नागरिकलाई सहयोग गरेर वडालाई सघाएको भन्दै सहयोगी मन प्रति सिंगो नगरपालिकाको तर्फबाट धन्यावाद प्रकट गरिन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३ गते बुधबार