पत्रकारलाई सुरक्षा सामाग्री वितरण



कोहलपुर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एंव बाँके क्षेत्र नं १ का संघिय सांसद महेश्वर गहतराज (अथक)को जनसम्पर्क कार्यालयद्वारा कोहलपुरका त्रियाशिल पत्रकारहरुलाई सुरक्षा साम्रागी वितरण गरेको छ ।

बिहिवार अथक को जनसम्पर्क कार्यालयद्वारा कोहलपुरका २ दर्जन पत्रकारहरुलाई सेनेटाईजर, माक्स र ग्लोव्स बितरण गरेको हो ।  जन सम्पर्क कार्यालयका सचिव शिव कुमार सुनारले कोरोनाका कारण पत्रकारहरु उच्च जोखिममा रहेका कारण सुरक्षा सामाग्री वितरण गरेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २७ गते बिहीबार