कोहलपुर बसपार्क बजार सुधार समितिद्धारा ५५ हजार सहयोग



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको बसपार्क बजार सुधार समितिले कोहलपुर नगरपालिकाको विपत् व्यवस्थापन कोषमा ५५ हजार सहयोग गरेको छ ।

कोरोना भाइरस नियन्त्रणका कारण समस्यामा परेकाहरूलाई सहयोग गर्नको लागि नगरपालिकाले स्थापना गरेको कोषमा समितिले कुल ५५ हजार रूपैयाँ सहयोग गरेको हो ।

मंगलबार सहयोग बापतको चेक नगरप्रमुख लुट बहादुर रावतलाई हस्तान्तरण गरिएको समितिका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए ।

उनका अनुसार समितिले विपत्तिको बेला सर्वसाधारण जनतालाई आई पर्ने समस्या समाधानका लागि सहयोग होस भन्ने उद्देश्यले सहयोग गरिएको हो । अध्यक्ष रानाभाटले सामाजिक उत्तरदायित्व अन्तर्गत कोषलाई सहयोग गरिएको बताए ।

‘महामारी तथा विपत्तिको बेला सबैको हातेमालो आवश्यक हुन्छ’ उनले भने, ‘म सबैलाई सक्दो सहयोग गर्न समेत अनुरोध गर्दछु ।’ नगरपालिकाले स्थापना गरेको कोषमा दैनिक सहयोग बढ्दो क्रममा रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २६ गते बुधबार