विपत् कोषमा १ लाख सहयोग



सुदिप अधिकारी । बर्दिया ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगरले स्थापना गरेको विपत् व्यवस्थापन कोषमा सहयोग रकम जम्मा हुने क्रम बढेको छ । मंगलबार ठाकुरबाबा– २ सत्घरुवाका समाजसेवी विनय रावलले विपत् कोषमा १ लाख १ हजार रुपैँया सहयोग प्रदान गरेका छन् ।

उक्त सहयोग रकम ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननायण श्रेष्ठलाई हस्तान्तरण गरिएको रावलका सहयोगी इन्द्र सावद्ले जानकारी दिए । यसैगरि रावलले सत्घरुवा गाउँका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन् । ६५ विपन्न परिवारलाई प्रति परिवार २५ किलो चामल वितरण गरेको सहयोगी सावद्ले बताए ।

रावलले यसअघि ठाकुरबाबा र मधुवन नगपालिकामा ४५ हजार मास्क वितरण गरेका थिए ।गरिब तथा विपन्नलाई सहयोग गर्न नगरले एकद्धार प्रणाली लागू गरेको छ । विपन्नलाई सहयोग सक्दो सहयोग गर्नका लागि नगरपालिकाले सबै नगरबासीमा आह्वान गरेको छ ।

नगरपालिकाको आह्वान अनुसार नगरका विभिन्न संघ, संस्था तथा व्यवसायीहरुले विपत कोषमा रकम सहयोग गर्ने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २६ गते बुधबार