सुदीप अधिकारी । बर्दिया ।
ठाकुरबाबाका नगर शिक्षकहरुले विपत व्यवस्थापन कोषमा सहयोगस्वरुप रकम जम्मा गरेका छन् ।
ठाकुरबाबा नगरपालिकाका २३ जना नगर शिक्षकले नगरपालिकाले खडा गरेको विपत व्यवस्थापन कोषमा जनही १ हजार रुपैँयाका दरले एकमुष्ठ २३ हजार रुपैँया सहयोग प्रदान गरेको नगरपालिकाका प्रशासकिय अधिकृत रामहरि रिजालले जानकारी दिए ।
मुलुक लकडाउनका बेला गरिव तथा विपन्नलाई सहयोग गर्न विपत व्यवस्थापन कोष खडा गरेको छ । विपन्नलाई सहयोग सक्दो सहयोग गर्नका लागि नगरपालिकाले सबै नगरबासीमा आह्वान गरेको छ ।
नगरपालिकाको आह्वान अनुसार आफहरुले विपत कोषमा रकम जम्मा गरेको नगर शिक्षक संयोजक खगेन्द्रप्रसाद उपाध्यायले बताए ।
यसैगरि ६३ औँ सहकारी दिवसका अवसरमा सहकारी सञ्जाल भुरिगाउँले नगरको विपत व्यवस्थापन कोषमा २० हजार रुपैँया प्रदान गर्ने निर्णय गरेको छ ।
साना किसान कृषि सहकारी संस्था भुरिगाउँले आफना संस्थाका विपन्न ज्याला मजदुरी गरेर खाने ६ जना शेयर सदस्यलाई खाद्यान्न सहयोग गरेको संस्थाकी प्रवन्धक मेनका खनालले बताइन् ।










प्रतिक्रिया दिनुहोस्