लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश



फिलिपिन्समा लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश दिइएको छ ।

राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश दिएका हुन । राष्ट्रपति डुटर्टेले टेलिभिजनकाे सम्बोधनमा प्रहरी र सेनाका अधिकारीलाई गोली हान्ने आदेश दिएका हुन ।

‘लकडाउनको अवधिमा कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिति निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस्’ राष्ट्रपतिले सम्बोधनमा भनेका छन् ।

सरकारसँग खाद्य सहायताको माग गर्दै प्रदर्शन गर्ने मनिलाको क्युजन सिटीका २१ जनालाई पक्राउ गरेपछि डुटर्टोले यस्तो आदेश दिएकाे बीबीसीले जनाएकाे छ ।

फिलिपिन्समा २ सातादेखि लकडाउन भइरहेको छ ।

स्यान्टिटाउनका बासिन्दाले आफूहरुले खाद्य र राहत सामग्री नपाएको गुनासो गरेका छन् । प्रहरी अधिकारी जनरल रोनी मोन्तेजोले बासिन्दालाई घरभित्रै क्वारेन्टिनमा बस्न भनेका छन् ।

फिलिपिन्समा यतिखेर लाखौ नागरिक घरभित्रै छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २० गते बिहीबार