इन्टरनेटको मूल्यमा २५ प्रतिशत छुट दिने सरकारको घोषणा



सरकारले इन्टरनेटको मूल्यमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ।

आज बसेको मन्त्रिपरिषको बैठकले सरकारी स्वामित्वको नेपाल टेलिम तथा निजी क्षेत्रका सेवाप्रादायकबाटसमेत यो छुट लागू हुने व्यवस्था मिलाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले इन्टरनेट तथा मोबाइल डेटाको मूल्यमा लकडाउन अवधिभर २५ प्रतिशत छुट दिने व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिए।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार