बाँसगढी ।
विश्व कोरोना भाइरसले आक्रान्त भैरहेको समयमा नेपालमा समेत यसको प्रभाव देखिएको छ । यो महामारीको समयमा सरकारले सबै नेपालीलाई घरभित्रै बस्न आह्वान समेत गर्यो । सरकारले गरेको लकडाउन उपयुक्त रणनीति हो । यसको लागि नेपाल सरकारप्रती हामी आभार र सम्मान प्रकट गर्न चाहान्छौ । तर आज गरिखाने, ज्याला, मजदुर, श्रमिक र कालिगडहरुको स्थिति दयनिय भएको छ ।
दैनिक कामगरी जिबिकोपार्जन गर्ने अति विपन्न परिवारहरुको बिचल्ली हुने स्थिति सिर्जना भएको छ । छैठो कृषि गणनाको तथ्यांक हेर्ने हो भने कुल कृषक मध्ये ६० प्रतिशतले आफूले उब्जनी गरेको कृषि पैदावरबाट ३ सय ६५ दिन खान नपुग्ने अवस्था छ । तर बर्तमान स्थितिमा आफ्नो सुरक्षा र अरुलाई समेत सुरक्षित पार्न उनीहरुलाई होम क्वारेन्टाइनमा बस्नुपरेपछि झन थप मर्कामा रिरहेका छन् ।
चौधौं योजनाको आधार वर्ष २०६९/७० मा २३.८% जनसंख्या गरिबीको रेखामुनि छ । ती सबै गरिबीको रेखामुनि रहेका जनसंख्या श्रमिक हुन् । कालिगड हुन र बिपन्न समुदायका नागरिक हुन् । उनिहरुलाइ दैनिक जिवनयापन गर्न २४ घन्टा मध्ये १२ घन्टा दैनिक मजदुरी गर्नुपर्ने स्थिति छ । भर्खरै छिमेकी राष्ट्र भारतले राहत प्याकेज धोषणा गरिसक्यो । अन्य राष्ट्रहरुले पनि गरिरहेको स्थिति छ ।
यो जटिलताको घडिमा केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार समक्ष उपभोग्य सामाग्रीको राहत तथा आर्थिक राहतको प्याकेज तत्काल धोषणा गर्न हार्दिक अपिल गर्दछौं । यो समयमा सबै विचार आस्था राख्ने राजनैतिक पाटी संघ—संगठन एकिकृत भै राष्ट्रिय एकताको भावनामा केन्द्रित रहि साझा रूपमा अगाडि बढ्नुपर्ने देखिएको छ ।
महासचिव सन्तोष बास्तोला
बाँसगढी युवा सरोकार समिती बर्दिया









प्रतिक्रिया दिनुहोस्