अहिले कोरोना भाइरस संक्रमणका कारण सिंगो देश लक डाउन छ । केही दिन अघि सम्म विश्व मै ग्रिन जोनमा रहेको नेपालमा समेत कोरोना संक्रमित भेटिसकेका छन् । बुधबार सम्म तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको विषेश सुरक्षाका साथ उपचार समेत भइरहेको छ । नेपाल कोरोना संक्रमणको उच्च जोखिममा छ । अहिले सम्म विश्वका २ सय मुलुकमा यसको संक्रमण पुष्टि भइसकेको छ । कोरोनाका कारण अहिले सम्म १९ हजार ६ सय ४३ जनाको मृत्यु भइसकेको छ । संक्रमितको सख्या ४ लाख ३६ हजार ४ सय ८१ रहेको छ । भने १ लाख ११ हजार ८ सय ८९ जना कोरोना संक्रमित निको भइसकेका छन् ।
नेपालमा अहिले सम्म १ जनाको पनि मृत्यु भएको छैन । ३ जना संक्रमित छन् । भने १ जनालाई निको भइसकेको छ । अहिले सिंगो देश कोरोना सन्त्रासमा रहेको अवस्था छ । सरकारले देशै लक डाउनको व्यवस्था गरेको छ । लक डाउनको देशका नागरिकको सुरक्षाको लागि गरिएको हो । यस्तो अवस्थामा जनताले सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्नुपर्छ । कोरोना भाइरस यस्तो रोग हो । जसको कुनै पनि औषधि नै छैन । औषधि भनेक आफू सुरक्षित रहने र अरुलाई सुरक्षित बनाउने मात्रै हो । जुन हामी नागरिकले पालना गर्नैपर्छ । यो हाम्रो कतव्र्य हो । तीन तहका सरकार यतिबेला कोरोना संक्रमण विरुद्धको अग्नी परिक्षामा छन् ।
उनीहरुले कोरोना संक्रमण रोक्नको लागि समेत प्रयास गरिरहेका छन् । जनताको नजिकको सरकार भएका कारण स्थानीय सरकारको सबै भन्दा ठूलो जिम्मेवारी हो । जनप्रतिनिधिहरुले अहिले गरेको प्रयास सह्रानीय छ । अझै यसलाई प्रभावकारी बनाउनु पर्छ । यसमा सर्वसाधारणको सहयोग अति नै महत्वपूर्ण विषयमा हो ।लक डाउन र घर बाहिर ननिस्कन आग्रह गरिएको हाम्रै लागि हो भन्ने विर्सन हुदैन । यो बेवास्ता बेला होइन् । संयमता अपनाउने समय हो ।तपाई एक जनाको सहयोग सिंगो देशलाई सहयोग पुग्नेछ । तपाई सुरक्षित रहनु भयो भने मात्रै हुन्छ । यसैगरी हरेक नागरिकले पालना गरिदिए पुग्छ । सरकारको निर्णय पालना गरौ । कृपाया घरभित्र बसौ । बाहिर ननिस्कऔँ । आफ्नो स्वास्थ्यको ख्याल गरौ । सरकारको निर्देशन पालना गरौ । अहिलेको आवश्यकता आफै सुरक्षित रहने हो । यो बाहेक अर्को विकल्प छैन हामी सँग ।









प्रतिक्रिया दिनुहोस्