कोहलपुर ‘लकडाउन’ हुने, अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय



कोहलपुर :
कोरोना भाइरस संक्रमणबाट बच्नको लागि पूर्वतयारी स्वरुपमा बाँकेको कोहलपुरमा समेत लकडाउन गर्ने निर्णय गरिएको छ।

आइतबार बसेको सरोकारवालाको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।

यद्यपी अस्पताल र औषधिजन्य पसल भने चौविसै घण्टा खुल्ला हुनेछन् । बैठकमा कोहलपुरस्थित जनप्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा सुरक्षा निकायको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०७६ चैत ९ गते आइतबार