कोहलपुर :
बुधबार बिहान कोहलपुर नगरपालिका ९ पिपरीचोकमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएपछि तीन घण्टादेखि लगातार तनावग्रस्त कोहलपुरको स्थिति सामान्य बन्दै गएको छ ।
मृतकका आफन्तले सडकमा टायर बालेर आन्दोलन गरेपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको थियो । अहिले प्रहरीले आन्दोलनकारीहरुलाई बल प्रयोग गरेर साइड लगाउँदै बाटो खुलाएको छ ।
टिप्परले ठक्कर दिएपछि मृतकको शब आफन्तको सहमति बिना उठाएको भन्दै विरोध गरेका थिए । कोहलपुरका सडकमा अहिले साइकल, मोटरसाइकल देखि ठूला सवारी आवागन पूर्ण रुपमा ढप्प भएको थियो ।
बुधबार विहान साढे १० बजेतिर झण्डहवा गाउँदेखि हाइवेतर्फ आइरहेको रा १ ख २१८८ नंम्बरको टिप्परले ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की ४५ वर्षीय रामपति थारुको ज्यान गएको हो ।
प्रकाशित मिति : २०७६ फागुन २८ गते बुधबार









प्रतिक्रिया दिनुहोस्