ज्ञानकुञ्जको वार्षिकोत्सव



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको ज्ञानकुञ्ज अंग्रेजी मिडियम स्कुलले आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ ।

नेशनल प्याब्सनका केन्द्रिय सचिव कुशुम रानाभाटले वार्षिकोत्सवको सोमबार उद्घाटन गरेका थिए । उनले शिक्षा क्षेत्रमा संस्थागत विद्यालयले निकै महत्वपुर्ण भूमिका खेलेको बताए ।

‘सामुदायिक विद्यालयमा शिक्षा खस्किँदो अवस्था रहेको छ’ उनले भने, ‘तर संस्थागत विद्यालयहरुले शिक्षा क्षेत्रमा निकै फड्को मारेको छ ।’

ज्ञानकुञ्ज अंग्रेजी मिडियम स्कुलका संस्थापक महेन्द्र काकीले बालबाविकाकालाई शैक्षिक क्रियाकलाप तथा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा २०७६ मा प्रथम, द्धितिय, तृतिय विद्यार्थीहरुलाई प्रमाण पत्र सहित पुरस्कार वितरण गरिएको थियो भने अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २० गते मंगलबार