कोहलपुर ।
अनेरास्वयुको केन्द्रिय कार्यक्रम अनुसार अनेरास्वयू बाँकेले जनयुद्धका पहिलो सहिद दिल बहादुर रम्तेलको २५ औं स्मृति दिवसमा दिप प्रज्वलन गरेको छ । तत्कालिन माओबादीले २०५२ सालबाट जनयुद्ध सुरु गरेको जनयुद्धका प्रथम शहिद रम्तेलको सम्झनामा देशै भरी बलिदान दिवस मनाएको छ ।
सोही क्रममा बाँकेको नेपालगन्जमा समेत दिप प्रज्वलन कार्यक्रम आयोजना गरीएको अनेरास्वयूका नेता मर्मजङ्ग बमले जानकारी दिए । बलिदान दिवसलाई १४ गते देखि २१ गते सम्म सप्ताहब्यापी रुपमा मनाउने कार्यक्रम रहेको बमले बताए ।
कार्यक्रममा अनेरास्वयूका नेता दिपेन्द्र धितालले जनयुद्धका महान सहिदहरुको बलिदानबाट प्राप्त उपल्धीको रक्षार्थ अनेरास्वयू सधैं कटिवद्ध रहने बताए । उनले शहिदहरुले देखाएको बाटोबाट बिचित नहुन समेत आग्रह गरेका थिए ।
अनेरास्वयूका बाँके जिल्ला संयोजक सुरेन्द्र शाह जम्बोले १० वर्षे जनयुद्धले नेपालमा थुप्रै परिवर्तन ल्याएकाले जनयुद्ध सही सावित भएको बताए । जनयुद्ध सुरू भएपछि राज्यले हत्या गरेको पहिलो व्यक्तिका रुपमा रम्तेललाई नेपालका क्रान्तिकारीहरुले युगौंयुगसम्म सम्झने बताउँदै जम्बोले तत्कालिन राज्य सत्ताको बिरुद्धको लडाईले देशमा सबैखालका परिवर्तन सम्भव भएको जिकिर गरे ।
अनेरास्वयू का केन्द्रिय सदस्य तुल्सी मनि के।सी। ले महान जनयुद्धका सहिदहरुले देखाएको मार्गमा अघि बढ्न नेतृत्वलाई आग्रह गरेका थिए । अनेरास्वयू सडक बाहक संघठन भएको बताउँदै केसीले विद्यार्थीको हकहितकालागि सधै अधिकारको लडाई लडिरहने बताए ।









प्रतिक्रिया दिनुहोस्