आइसीटी हलको शिलन्यास



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेका कृष्ण माध्यामिक विद्यालयको आइसीटी हलको शिलन्यास गरिएको छ । ५ नम्बर प्रदेशकी सांसद उषा पुनले आइसीटी हलको उद्घाटन गरेकी थिइन् । उनले बालबालिकाले प्राविधिक शिक्षा पाउने अवसर मिल्ने बताइन् ।

‘अहिलेको शिक्षाको विकास नभई अन्य विकासको सम्भव नभएकोले यसलाई प्रदेश सरकारले पहिलो प्राथामिकता दिएको छ’ उनले भनिन्, ‘प्रदेश सरकारले १० लाख हल बनाउन सहयोग गरेको छ ।’

यस्तै कृष्ण माध्यामिक विद्यालयका प्राधानाध्यापक विरेन्द्र मल्लले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नयाँ प्रविधिबाट कक्षा सञ्चालन गर्ने उद्देश्यले यस हल निर्माण गर्न लागिएको बताए । ‘विद्यालयको तर्फबाट १ लाख ५० हजार रुपैयाको लगानी रहनेछ’ उनले भने, ‘दुरसञ्चार प्राविधिकरणले हाम्रो विद्यालयलाई २० वटा कम्प्यूटर समेत प्रदान गरिसकेको छ ।’ २१ औं शताब्दीमा प्राविधिक शिक्षाको आवश्यकता भएकोले यसलाई बढि प्रथामिता दिएको उनको भनाई रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ९ गते शुक्रबार