लागुऔषध चरेशसहित एक पक्राउ



कोहलपुर ।

बाँकेको कोहलपुरबाट प्रतिबन्धित लागूऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । ५ नम्बर प्रदेश अपराध अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले १२ किलो चरेशसहित बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको हो ।

लागूऔषध चरेशसहित पक्राउ पर्नेमा जाजरकोट घर भई हाल कोहलपुर नगरपालिका १२ मा बस्दै आएका ३२ वर्षिय आकाश आरसी रहेका छन् । उनीलाई ब्यूरो टोली लागूऔषध चरेश खरिदकर्ता कोहलपुर १२ भरैयाबाट पक्राउ गर्न सफल भएको थियो ।

ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा खटिएको टोलीले १२ किलो चरेशसहित कार्कीलाई नियन्त्रणमा लिन सफल भएको हो । लागूऔषध चरेशसहित पक्राउ परेका कार्कीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ब्यूरोले इलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाएको छ । कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ९ गते शुक्रबार