रावन बिश्वकर्मा, बाँसगढी ।
बर्दिया बाँसगढी नगरपालिकाको मोतिपुरमा जारी महायज्ञमा २५ लाख बढी सहयोग संकलन भएको छ । महायज्ञमा नगद, तुलादान, बोलकबुल भूमिदान र कलशहरु गरी झण्डै २५ लाख बढी सहयोग संकलन भएको महायज्ञ मुल समारोह समितिका महासचिव तथा विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद थारुले जानकारी दिए । आदर्श माध्यामिक विद्यालय मोतिपुरको भौतिक पुर्वाधार विकास र प्रविधिमैत्री शिक्षार्थ यहि माघ २६ गते देखि धार्मिक तथा शैक्षिक धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको थियो । महायज्ञमा बिहिवार सम्म ५ लाख १ हजार ७ सय ३७ रुपैयाँ नगद संकलन भएको विद्यालयका लेखापाल मनोज थारुले बताए । त्यस्तै महायज्ञमा ४ जना व्यक्तिले ८ कट्ठा जग्गा दान गरेका छन् ।
महायज्ञमा विद्यालयको लागि हरिराम थारुले ४ कट्ठा, गोहनी थारुले २ कट्ठा, लिलामणी थारुले १ कट्ठा, गर्भु थारुले १ कट्ठा गरी हाल सम्म ८ कट्ठा दान गरेको विद्यालयका शिक्षक जितेन्द्र पौडेलले जानकारी दिए । महायज्ञमा झण्डै २५ जना बढीले तुलादान गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार महायज्ञमा ५० हजार भन्दा बढी तुलादान गर्नेमा गोलेराम थारुले ५१ हजार १ सय ५ रुपैया रहेको छ । यस्तै चौतारी थारुले ५१ हजार १ रुपैयाँ, रामचरण थारु र जिग्गु थारुले ५१ हजार ५ सय ५ रुपैयाँ, मनोज कुमार थारुले ५१ हजार ६ सय ५५ रुपैयाँ दान गरेका हुन् ।
विद्यालयको विकास, गुणस्तरीय शिक्षा र प्रविधिमैत्री शिक्षाका लागि आयोजना गरिएको महायज्ञमा मोतिपुर गाँउ सँगै बाँसगढीबासीहरुको नै उत्साहजनक सहभागिता रहेको महायज्ञ मुल समारोह समितिका संयोजक गोलेराम थारुले जानकारी दिए । आइतबार सम्म चल्ने महायज्ञमा प्रमुख कथा वाचक भागवत मधुकर अन्तर्राष्ट्रिय कथा वाचक पण्डित नरेश नेपाल महाराज जीको मुखार बिन्दुबाट संगीतमय कथा वाचन भइरहेको छ । महायज्ञमा दैनिक योग विज्ञान शिविर, १००८ शालिग्राम पूजन तथा परिक्रमा, श्रीमद् भागवत् तथा दैनिक रुद्रि पाठ पारायण, विभिन्न भाषाभाषिका भजन कृतन तथा झाँक्रि प्रर्दशन, श्रीमद् भागवत्को दार्शनिक प्रवचन, बाल संस्कार र बृहत भागवत् चर्चा लगायतका कार्यक्रमहरु हुने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्