चेत नारायण पाण्डेय । सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार टिप्परको ठक्करबाट एक युवाको ज्यान गएपछि तीन दिन सम्म भएको आन्दोलन फिर्ता भएको छ । सुर्खेतमा बिहिबार मृतकका आफन्त, टिप्पर मालिक र प्रशासन बीच भएको पाँच बुदेँ सहमतिपछि आन्दोलन फिर्ता भएको हो । टिप्पर किच्दा कालिकोट महाबै गाउँपालिका ३ घर भइ हाल सुर्खेतको मुलपानीमा बस्दै आएका २० बषिय केशरबहादुर सिहंको मृत्यु भएको थियो । सोही दिनबाट चर्केको आन्दोलनका क्रममा प्रहरी र आन्दोनकारी बीच भएको दोहोरो झडपमा प्रहरीको गोली लागेर आधा दर्जन बढी प्रदर्शनकारी घाइते भएका थिए ।
सुर्खेत प्रहरीले भने आफुले गोली नचलाएको बताउँदै आएको छ । प्रदर्शनकारीहरुको टाउको, छाती, हात र खुट्टामा गोली लागेको थियो । घाइतेहरुको अहिले पनी वीरेन्द्रनगरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । बिहीबार भएको त्रिपक्षीय वार्तामा टिप्पर चालक राजकुमार बोहोरा प्रहरी नियन्त्रणमा आइसकेकोले पिडितको किटानी जाहेरीमा निजलाई हदैसम्मको कानूनी कारबाही लअगाडी बढाउने, पिडित पक्षलाई कानून बमोजिम क्षतिपुर्तिको लागि तत्काल प्रक्रिया बढाउने सहमती भएको थियो । सहमती भएपछि मृतकका आफन्तहरुले आन्दोलनका सबै कार्यक्रमहरु बिहीबार दिउँसोबाट फिर्ता लिएका थिए । आन्दोलनका कार्यक्रम सबै फिर्ता लिइएपछि बिहीबार दिउँसोबाट नै वीरेन्द्रनगरको जनजिवन सामान्य बन्दै गएको थियो ।
वार्तामा मृतकका परिवारलाई थप राहत प्रदान गर्न र आन्दोलनको क्रममा घाईते भएकाहरुको उपचारको लागि कर्णाली प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय र सम्बन्धित निकायमा समेत अनुरोध गर्ने सहमती समेत भयो । घट्नालाई लिएर भएका सम्पुर्ण विरोधका कार्यक्रम बिहिबारदेखी फिर्ता लिई स्थितिलाई सामान्य बनाउन सबै पक्षले पहल गर्ने सहमती भएको हो ।
मृतकका आफन्तहरुले आफ्ना मागहरुको सम्बोधन गर्न नसकेको भन्दै बिहिवार बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै यातायातका साधन सञ्चालनमा रोक लगाएका थिए । सोही क्रममा आन्दोलनकारी र प्रहरीबिच भएको झडपमा एक बालक घाइते भएका थिए । घाइते हुनेमा दैलेखका ११ वर्षिय हिमला नेपाली रहेका छन् । उनको अगाडिको एउटा दाँत झरेको छ ।









प्रतिक्रिया दिनुहोस्