कोहलपुर । बाँकेको कोहलपुरमा मोटरसाइकलको ठक्करबाट एक युवती गम्भिर घाइते भएकी छिन् ।
कोहलपुर ११ साझा चोकमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिदा युवती गम्भिर घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
कोहलपुरबाट नेपालगञ्ज तर्फ गइरहेको नम्बर नखुलेको बुलेट मोटरसाइकलले जाजरकोट घर भएकी २० वर्षिय विमला थापालाई ठक्कर दिएको हो ।
गम्भिर घाइते थापाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बुलेट बाइकको खोजी तिव्र पारिएको कोहलपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्