बुटवल ।
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिती सदस्य माधव न्यौपानेलाई प्रहरीले दिएको मानसिक यातना प्रति नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गौतमबुद्ध सन्देश दैनिकका प्रवन्ध सम्पादक रहेका न्यौपानेलाई केही दिनअघि रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेम कुमार थापाले कार्यालयमा बोलाई सवा एक घण्टासम्म मानसिक रुपमै यातना दिएको घटनाप्रति प्रदेश ५ समितिले निन्दा गरेको हो ।
प्रदेश ५ समितिका महासचिव भेषराज बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तीमा सञ्चार माध्यममा प्रकाशित समाचार चित्त नबुझे असन्तुष्टि ब्यक्त गर्ने प्रक्रिया हुँदाहुँदै जिल्ला प्रहरी प्रमुखले जरुरी काम छ भनी बोलाई पत्रकारलाई मानसिक यातना दिनुका साथै प्रहरी विरुद्ध समाचार लेख्ने पत्रकारलाई ठेगान लगाईदिने भन्दै अभिब्यक्ति दिनु निन्दनीय कार्य भएको उल्लेख गरिएको छ ।
समाचारको विषयलाई लिएर रुपन्देहीका पत्रकारहरुलाई फोन मार्फत वा प्रत्यक्ष–अप्रत्यक्षरुपमा धम्काउने कार्य सिंगो पत्रकारिता क्षेत्रमाथिकै प्रहार भएको ठहर गर्दै प्रदेश समितिले पत्रकारलाई धम्काएर, तर्साएर प्रेस स्वतन्त्रता र जनताको सूचनाको अधिकारलाई नियन्त्रण गर्ने चाहना कसैले नराख्न चेतावनी समेत दिएको
छ ।
त्यसैगरी संवैधानिक अधिकार सहितको जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि भएको यस्तो ज्यादती प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको समितिले ठहर गरेको विप्ज्ञतीमा उल्लेख छ । ‘पत्रकार न्यौपानेमाथि भएको घटनाले प्रेस स्वतन्त्रताप्रतिको आस्थामाथि गम्भिर चोट पुगेको छ’ महासचिव बस्नेतले जारी गरेको विप्ज्ञतीमा भनिएको छ, ‘प्रहरीद्वारा गरिएको यस्तो ज्यादतीको घोर भत्र्सना गर्दै आगामी दिनहरुमा पत्रकारलाई स्वतन्त्रतापूर्वक निर्वाधरुपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना दोहोरिन नदिन प्रदेश सरकार सहित सम्वद्ध सबै पक्षको समितिले प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ ।’









प्रतिक्रिया दिनुहोस्