नेपालगञ्ज ।
‘सदभावको सहर नेपालगञ्ज’ पुस्तक सोमबार विमोचन गरिएको छ । मध्यपश्चिम स्रष्टा समाज नेपालगञ्जद्धारा प्रकाशित उक्त पुस्तक नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले विमोचन गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाको आंशीक सहयोगमा प्रकाशित लेख संग्रहीत पुस्तक ‘सदभावको सहर नेपालगञ्ज’ मा ने
पालगञ्जसँग सम्वन्धित लेख समेटीएका छन् ।
नगर प्रमुख राणाले पुस्तकले नेपालगञ्जको समग्र अध्यनसँगै थप अनुसन्धान गर्न मद्यत पु¥याउने विश्वास व्यक्त गरेका थिए । अमृत शर्मा ढकालद्धारा सम्पादित पाँच सय ३२ पेजको सो पुस्तकमा नेपालगञ्जको इतिहासदेखि वर्तमान सम्मको समग्र पाटोमा प्रकाश पार्ने प्रयास गरिएको छ । पुस्तकमाथि टिप्पणी गर्दै खगेन्द्र गिरी ‘कोपीला’ले ‘सदभावको सहर नेपालगञ्ज’लाई अझैं परिमार्जित गरेर थप विषयवस्तु सहित दोस्रो संस्करण प्रकाशन गर्न अपील गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमील्सेनाले स्थानीय सरकारले पुस्तक प्रकाशनमा सहयोग गर्न कञ्जुस्याई गर्न नहुने भन्दै अपनत्व र स्वामित्व लिन पनि आह्वान गरेका थिए । स्रष्टा समाजका कार्यवाहक अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत समाजका सचिव अमृत शर्मा ढकालले गरेका थिए भनेसञ्चालन सदस्य विपी अस्तुले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्