चन्दननाथ मन्दिरको मुर्ति चोरी प्रकरण दत्तात्रयको मुख्य मुर्ती भेटियो



सुर्खेत ।

२०७३ मंसिर १२ गते राती जुम्लाको प्रमुख पर्यटकीय स्थल चन्दननाथ मन्दिरबाट चोरी भएको मुख्य मुर्ति बेवारिसे अवस्थामा भेटिएको छ । सोमबार बिहान ९ बजेतिर चन्दननाथ नगरपालिका १ दानसाँगु स्थित खेलको आलीमा बेवारिसे अवस्थामा १८ किलोको मन्दिरको मुख्य दत्तात्रयको मुर्ति भेटिएको हो । दत्तात्रयको मुख्य भेटिएसँगै मन्दिरबार बाट भेटिएका बहुमुल्य मुर्तिहरु भेटिएका छन् ।

तलिचौरका उमेश देवकोटा, लोकेन्द्र हामाल र लोकदर्शन देवकोटा जौको खेतमा पानी हाल्न गएका बेला बेवारिसे मुर्ति देखेपछि प्रहरी प्रशासनलाई खबर गरेका थिए । मूर्ति चोरी भएपछि तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेर मूर्त अनुसन्धान गरेको थियो । भने मुर्ति चोरी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै जुम्लाबासीले महिनौ सम्म आन्दोलन गरेका थिए ।

भने उक्त प्रकरणमा दोषि भएको आशंकामा तत्कालिन मन्दिरका मुख्य पुजारी चन्द्रमैलेश्वर खत्री र जय कृष्ण आर्चायलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरेको थियो । भने पछि अदालतले पुर्पक्षका लागि जेल चलान ग¥र्यो । चोरी प्रकरणमा दोषि भनिएका आर्चाय केही समय अघि धरौटीमा छुटी सकेका छन् भने मुख्य पुजारी अझै जेल मै छन् । तर मन्दिरको मुर्ति चोरी प्रकरणमाको मुख्य योजनाकार को हो ? कसले चोरेको हो ? अझै पत्तो लाग्न सकेको छैन । यसमा विषयमा बारम्बार प्रहरीले अनुसन्धान भईरहेको जवाफ दिने गरेको छ ।

उता प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले लामो समयको अनुसन्धानबाट नभेटिएको मुर्ति खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको बताउँछिन् । ‘खेतको आलीमा मुख्य भनिएको मुर्ति फेला गरेको छ, मुख्य दोषि को हो यो त अनुसन्धानले पत्ता लगाउने कुरा हो’ उनले भनिन् । चोरी भएको तीन वर्ष सम्म पनि नभेटिएको मुल मुर्ति सोमबार दानसाँगुमा भेटिएको जुल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लाल बहादुर धामीले बताए । उनका अनुसार उक्त मुर्ति चन्दननाथ मन्दिर रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ७ गते मंगलबार