कोहलपुर ।
बाँके कोहलपुरमा रहेको भेरी शित भण्डार सहकारीको १२ औं साधारण सभा सम्पन्न भएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले साधारण सभाको उद्घाटन गरेका थिए । उनले सहकारी शेयर सदस्य मैत्री हुनुपर्नेमा जोड दिए । ‘स्थानीय स्तरमा उत्पादन भएका फलफुल तथा तरकारीहरुलाई पहिलो प्रथामिता दिनुपर्दछ’ उनले भने, ‘यहाँको कृषकहरुले उत्पादन गरेका बस्तुहरु कुहिएर जान्छ ।
आगामी दिनहरुमा कृषकहरुलाई सहज र सरल तरिकाले सेवा दिन दिनुहोस् ।’ भेरी शित भण्डार सहकारी संस्थाका अध्यक्ष डोलराज अर्यालले आर्थिक वर्ष २०७५\०७६ मा २ करोड ५८ लाख ६७ हजार ३ सय ५९ रुपैयाँको कारोबार गरेको जानकारी दिए । ‘संस्थामा ४ हजार मेट्रिक टन बराबरको क्षमता रहेको छ’ उनले भने, ‘हामीले कर्णाली र ५ नम्बर प्रदेशका २५ वटा जिल्लाका कृषकहरुका खाद्य बस्तुहरु राख्ने काम गर्ने गरेको छौं ।’
प्रकाशित मिति : २०७६ पुस २९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्