कोहलपुर महोत्सवमा भोली राजु परियार, रामजि खाँड, अञ्जली अधिकारी र पुर्ण कला बि.सि आउने



कोहलपुरमा जारी तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सवको छैठौं दिन भोली मंगलबार चर्चित गायक राजु परियार, रामजि खाँड, पुर्ण कला बि.सि र चर्चित मोडल अञ्जली अधिकारी आउने भएका छन ।

महोत्सव कला साँस्कृति उपसमितिका संयोजक रामु लम्सालका अनुसार महोत्सवको छैठौं दिन मंगलबार चर्चित राष्ट्रिय कलाकार कोहलपुर आउन लागेका हुन । राष्ट्रिय कलाकारका साथै स्थानिय कलाकारको समेत धमाकेदार प्रस्तुती दिने लम्सालले बताए ।

महोत्सवको पाँचौं दिन सोमबार अशोक दर्जि, टंक बुढाथोकि र एआर बुढाथोकीले कोहलपुरको माहोल तताएका छन । सामुहिक रुपमा प्रस्तुती दिदैं आएका उनिहरुले आफ्ना चर्चित गित मार्फत कोहलपुरका दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवमा नृत्याङ्गना दिपासा बिसीले धमाकेदार प्रस्तुती दिएकी थिईन ।

माघ ५ गतेसम्म संचालन हुने महोत्सवमा थारु गाँउका साथै घरेलु उत्पादनका स्टलहरु समेत प्रमुख आकर्षणमा रहेको आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २८ गते सोमबार