दिगो सहकारीको साधारण सभा



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको दिगो कृषि सहकारी संस्थाको नवौ साधारण सभा सम्पन्न भएको छ । शुक्रबार कोहलपुर नगरपालिका वडा नं. १४ का अध्यक्ष टेकचन हरिजनले साधारण सभाको उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष नम बहादुर आलेले कृषिलाई विशेष प्रथामिकतामा राखेको बताए ।

गत आर्थिक वर्ष २०७५÷०७६ मा ८ करोड ९२ लाख ३९ हजार २ सय ३५ रुपैयाँको कारोबार गरेको उनले जानकारी दिए । सहकारीले चालु आर्थिक वर्ष २०७६÷०७७ मा १० करोड २४ लाख ४१ हजार ८ सय ७१ रुपैयाँको कारोबार गर्ने लक्ष्य राखेको छ । साधारण सभामा उत्कृष्ट बचतकर्ता रेखा गुरुङ र तेज विक्रम थापालाई सम्मान समेत गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस ५ गते शनिबार