कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा अपाङ्गता सञ्जालको अध्यक्षमा गोपाल खड्का चयन भएका छन् ।
शनिबार एक कार्यक्रमका विच नगर स्तरीय अपाङ्गता सञ्जालको अध्यक्षमा र्निविरोध चयन भएका हुन् । जसको उपाध्यक्षमा कलादेवी सापकोटा, कोषाध्यक्षमा दोहन बहादुर थारु, सचिवमा तुलसा विक, सहसचिवमा अदित्य चौधरी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा प्रतिभा थापा, दिपक पन्थ, तुल्सीराम चौधरी, थमन चौधरी, खुइती कुमारी चौधरी, विनोद थापा, कल्लतु थारु, दिलसरी सुनार, आषिस अधिकारी, कालिका मगर चयन भए । नवनिर्वाचित अध्यक्ष खड्काले अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण, सोच परिवर्तण गर्ने बताए ।
‘अपाङ्ग भएका व्यक्तिहरुले पनि समाजको लागि काम गर्न सक्नेछन’् उनले भने, ‘हामीलाई आफ्नो घर परिवार र राज्यबाट हेपिएको अवस्था छ ।’
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार









प्रतिक्रिया दिनुहोस्