कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रामशरण थारुले सपथ ग्रहण तथा गोपनीयता लिएका छन् । शुक्रबार कोहलपुर नगरपालिका कार्यवहाक प्रमुख सञ्जु चौधरीले वडा अध्यक्ष थारुलाई सपथ ग्रहण तथा गोपनियता गराएकी हुन् ।
अनुसुचि २९ क. बमोजिम नियम ३८ क.को उपनियम (५) संग सम्बन्धीत कानूनमा रहेर कार्यवहाक प्रमुख चौधरीले उनीलाई सपथ ग्रहण गराएकी थिइन् । वडा अध्यक्ष राम सोहन थारुको निधन पश्चात रिक्त रहेको वडा अध्यक्षको पदमा मंसिर १४ गते उपनिर्वाचन भएको थियो ।
उपनिर्वाचनबाट नेपाली काँग्रेसलाई हराउँदै नेकपाका उम्मेदवार थारु वडा अध्यक्ष पदमा विजयी भएका थिए ।
भिडियो हेर्नुहोस् ।
प्रकाशित मिति : २०७६ मंसिर २१ गते शनिबार








प्रतिक्रिया दिनुहोस्