चेत नारायण पाण्डेय । सुर्खेत ।
कर्णालीमा सबैभन्दा ठूलो धनराशीको साहित्यिक पुरस्कार कार्यक्रम गरिने भएको छ । कर्णाली साहित्य समाजको आयोजनामा मसिंर २१ गते विभिन्न तीन विधामा स्रष्टाहरुलाई सम्मान गरिने भएको हो । सबै भन्दा बढि ५० हजार राशीको पुरस्कार हुनेछ । आयोजकका अनुसार कर्णालीको सबैभन्दा ठूलो कर्णाली साहित्य समाज कृति पुरस्कारमा देशभर २०७५ सालमा प्रकाशित कृतिहरु मध्यबाट सिरहा निवासी महेश थापाको मरिचिका कथा संग्रहलाई प्रदान गरिने छ ।
समाजका अधक्ष्य खगेन्द्र अधिकारील साहित्यकार थापा स्थानीय संचार माध्यममा कार्यरत रहँदा समाचार संकलनमा जाने क्रममा दुर्घटनामा परि पक्षघात समेत भएको र थापाको कृति मदन पुरस्कारका लागि सार्वाधिक मध्य सातौ नम्बरमा परेको समेत बताए । उनका अनुसार कर्णाली प्रदेशमा जन्मेर नेपाली भाषा साहित्यका लागि बिशेष योग्दान दिएका मध्यबाट प्रत्येक बर्ष एक जनालाई प्रदान गरीने २५ हजार रारिनेछ । यो वर्षको लागि कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार कर्णाली ब्लुज लेखक कालिकोटका स्रष्टा बुद्धिसागरलाई प्रदान गरिने भएको छ ।
भने कर्णाली मै रहेर कर्णालीको भाषा, संस्कृति र साहित्यका लागी बिशेष योग्दान दिएका साहित्यकार मध्यबाट प्रत्येक बर्ष एक जनालाई प्रदान गरिने भएको हो । नेपाली कबिता, निबन्ध र पत्रकारीता क्षेत्रमा बिशेष योगदान दिए बापत दैलेखका हरिहर अधिकारी (श्यामल) लाई । कर्णाली साहित्य समाज साधन पुरस्कार प्रदान गरिने अध्यक्ष अधिकारीको भनाई छ । कार्यक्रममा कर्णालीमा कारागारमा किताब अभियानका संयोजक तथा कर्णाली साहित्य समाजका संरक्षक मदन पुरस्कार विजेता साहित्यकार महेश बिक्रम शाहको प्रमुख आतिथ्यता रहनेछ । कर्णाली साहित्य समाजले अक्षय कोषका लागि २५ लाख रकम विभिन्न स्तरबाट संकलन भएको जानकारी गराए ।









प्रतिक्रिया दिनुहोस्