नेपालगन्ज ।
बा“के जिल्लाको जानकी गाउ“पालिका ५ नंं.–वडा कार्यालय बेलहरी गुरुवागाउ“को आयोजनामा मंगलवार रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् ।
बिरामीहरुलाई रगत चाहिएको सयममा सहज तरिकाले उपलब्ध गराउनका लागि यो पा“चौ पटक नियमित रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक मनमोहन बर्माले जानकारी गराएका छन् ।
जानकी गाउ“पालिकाका प्रमुख राम निवास यादव र जानकी गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले रगतको पाकेट प्राविधिक तथा क्षेत्रीय रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, गुन्जा कनौजियालाई रगतको प्याकेट हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रम संयोजक मन मोहन बर्मा र गोबिन्द नाउ“ लगायत ५९ जनाले रक्तदान गरेको बताईएको छ । आगामी तीन महिनामा यसरी तपाईहरुको सहयोग पाएमा पुनः रक्तदान कार्याक्रमको आयोजना गरिने छ । वडा ५ नं. का वडाध्यक्ष रमेश कुमार वर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।









प्रतिक्रिया दिनुहोस्