सुर्खेत ।
रिपोर्टस क्लब नेपालले सुर्खेतमा नयाँ कार्यसमिति चयन गरेको छ । जगतदल जनाल विकको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । रिर्पोर्टर्स क्लब कर्णाली प्रदेश सभापति लंकराज धमालाको प्रमुख आतिथ्यता तथा महांसचिव सुशील खड्काको उपििस्थतिमा कार्य समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा रमा केसी, सचिवमा हृदय रिमाल, सह–सचिवमा विष्णु सापकोटा, कोषाध्यक्षमा पूर्ण वहादुर खड्का, सदस्यमा दिनेश बुढा, चेतनारायण पाण्डेय, बसन्त भण्डारी लगाएत चयन भएका छन् भने एकजना महिला सदस्यलाई कार्यसमितिले मनोनयन गर्नेछ ।
क्लवका प्रदेश सभापति लंक धमालाले नव गठित पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै रिर्पोटर्स क्लब नेपालले गाउँ गाउँमा पुगेर आम नागरिकका आवाज बुलन्द पार्ने गरी काम गर्न आग्रह गरेका थिए ।
उनले आगामी दिनमा रिर्पोटर्स क्लब जिल्ला समिति सुर्खेत देशकै नमूना बन्नुपर्ने धारणा समेत राखेका थिए । बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार प्रकाश पन्तले रिपोर्टर्स क्लब सुर्खेत शाखाले जिल्लाका समसामयिक मुद्धाहरुमा बहस गरी समाधान गर्ने तर्फ सहयोग पु¥याउने बताए ।
यस्तै प्रदेश महांसचिव सुशील खड्काले नयाँ समितिमा निर्वा्चित पदाधिकारीहरुलाई बधाई दिदै जिल्लाको समग्र विकासका लागी रिर्पोटर्स क्लबले सबै निकायसग सहकार्य गर्नुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्