कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिका १ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गर्दा आइतबार राती चिसापानीमा क १ प १०६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
जिल्ला ट्राफिक कार्यालय कोहलपुर बाँकेका अनुसार दुर्घटनामा परेर जुम्ला तातोपानी गाउँपालिका ४ का मनिकेश गौतमको मृत्यु भएको हो ।
अनियन्त्रीत भएर राती करिब ८ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाका स्थानीय नेता समेत हुन् ।
प्रकाशित मिति : २०७६ मंसिर १० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्