नेपालगञ्ज ।
प्रेस संगठन नेपाल बाँके जिल्ला संयोजकमा डक्ट प्रसाद धिताल चयन भएका छन । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकीकरणपछि गठन भएको प्रेस संगठन नेपालले एकतापछिको बाँकी काम टुंग्याउने क्रममा बाँके जिल्ला पुर्व सेन्टरको भागमा परेको थियो ।
बाँकेको संयोजकमा प्रेस सेन्टर र सह संयोजकमा प्रेस चौतारीका पुर्व अध्यक्षहरुलाई जिम्मेवारी दिईएको हो । जसअन्तर्गत जिल्ला संयोजक धिताल र सहसंयोजकमा हेमन्त विक स्वत चयन भएका छन । त्यसैगरी केन्द्रिय सदस्यमा बाँकेबाट भेषराज बस्नेत, प्रदिप वाग्ले, रुद्र सुवेदी र गोबिन्द आचार्य चयन भएका छन ।
संगठनको केन्द्रिय अनुशासन आयोगको सदस्यमा बाँकेबाट शुसिल लामिछाने र सिराज खानलाई चयन गरिएको छ ।
प्रकाशित मिति : २०७६ मंसिर १० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्